• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

युवापुस्ता:विकृत राजनीतिको दर्शक

  •  सन्ताेष सुवेदी
  • ७ भाद्र २०७७, आईतवार २१:३५ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    २०६८ सालको जनगणना अनुसार जनसंंख्यालाई उपयोग गरेर त्यसबाट लाभ लिने जनसंख्याको बनोट अत्यन्तै अनुकुल थियो । १६ वर्षदेखि ४० वर्षसम्मको करिब ४० प्रतिशत जनसंख्यालाई समाज र राष्ट्र परिवर्तनको निमित्त प्रयोग गर्ने अत्यन्तै ठुलो अवसर पनि थियो ।

    सिंगो जनसंख्या को ४० प्रतिशत युवालाई प्रगति र समुन्नतिको आधारसँग जोड्दै अनन्त संभावनाहरुको खोजी गर्नुपर्ने सन्दर्भमा यो उमेर समूहमा निराशाहरु प्रवाहित भइरहनु अत्यन्तै दुःखद कुरा हो ।

    पछिल्लो समय युवापुस्तामा व्याप्त निराशा छाएको छ । द्रुत उपलब्धिको अभिलाषामा छट्पटिरहेका युवाहरु राष्ट्रिय राजनीतिका विषय र मुद्दाहरुबाट पर भाग्न खोज्दै छन् । केही घटना र सन्दर्भमा मात्र प्रतिक्रियात्मक बन्ने तर विषयको गहिराइमा नपुगी सतही देखिने प्रवृत्ती देखिन थालेको छ ।

    निरन्तर राजनीतिमा विशुद्ध सेवाभाव हुनुपर्छ । कुनैपनी क्षेत्रमा सफल नभएर राजनीतिमा लागेको आरोप हरकोहि युवामाथि छ । कतै यो भ्रष्टीकरणको बाटोमा त छैन ? राजनीतिलाई दुरुपयोग गर्दै आफ्ना अभिष्टलाई पूरा गर्ने खेतीको रुपमा समाजले राजनीतिलाई लिएको छ । पढेका, शिक्षित व्यक्तिहरु अन्यन्त्रै लाग्ने तर राजनीति सधैं भ्रष्टहरुकै काँधमा जाने सोचलाई अन्त्य गर्दै देश चलाउने, समाजको नेतृत्व गर्ने, नीतिनिर्माण गर्ने हरकोही सक्षम, सबल, र अब्बल हुन जरुरी छ भन्ने धारणा अब भने बनाएर बस्नैपर्छ ।

    युवाको अर्थ केवल उमेरसँग सम्बन्धित अवश्य होइन, विचारसँगको हो, व्यवहारसँगको हो र जनतालाई आश्वस्त पार्नसक्ने खुबीको हो । हरेक क्षेत्रमा युवाहरु उदाउँदै गर्दा समस्याको रुपमा होइन समाधानको रुपमा उदाउनुपर्छ । हिजो २६ वर्षको उमेरमा सापेक्षतावादको सिद्धान्तलाई प्रतिपादन गर्दै विश्वका वैज्ञानिकलाई सोच्न बाध्य बनाउने अल्बर्ट आइन्स्टाइन देखि २६ वर्षकै उमेरमा फोर्स पत्रिकामार्फत विश्वको सबैभन्दा धनी व्यक्तिको रुपमा चित्रित भएका विल गेट्ससम्मको सिर्जनशील साहसलाई हेरौं । त्यस्तै ३९ वर्षको उमेरमा राष्ट्रपति पदमा अभूतपूर्व जीत हासिल गरेका फ्रान्सेली युवानेता म्याक्रोदेखि, न्युजिल्यान्डकी ज्यासिन्दा आर्डेन त्यस्तै फिनल्यान्डकी प्रम सन्ना मरिनसम्मको अभूतपूर्व नेतृत्वदायी क्षमतालाई नजरअन्दाज नगरौं ।

    नेपालको सन्दर्भमा भन्नुपर्दा युवालाई नेतृत्वमा आउन नदिनुको पहिलो कारक र पहिलो बाधक तत्व भनेको हाम्रो नेतृत्व हो । अहिलेको प्रमुख नेतृत्व जमेको पोखरी र तालजस्तै छ । नेतृत्व त नदी जस्तै बगिरहनुपर्ने हो, वहावसँगै नया नेतृत्व जन्मने कुरालाई आत्मसात गर्नुपर्ने हो ।
    एउटै वंश, एउटै कुल र एउटै परिवारको शासन त राजतन्त्रमै हामीले देखिसक्यौं । लोकतन्त्रमा त प्रवाह हुनुपर्ने हो तर बिल्कुल देखिएको छैन । आसेपासे र आफ्नो स्तुतिगानमा तल्लीन हुनेहरुलाई पोस्न त राजतन्त्र नै काफी थिएन ? त्यस्तै झैँ लोकतन्त्रमा पनि सीमित व्यक्तिहरुले देखाएको परिवारवाद, कृपावादको गलत प्रयोगले यस व्यवस्थाको मूल्य पद्धतिमाथि नै गम्भीर प्रश्नचिह्न खडा भएको छ ।

    प्रश्न नेतृत्व तहमा मात्र छैनन्, हामीसँग पनि छन् । नेपालमा भैंसीपालन गर्न हिचकिचाउने युवा विदेशमा भेडा चराउन तयार हुन्छ । श्रमलाई हेप्ने हाम्रो असामाजिक आचरणले पनि यस्तो भएको हो । मानौँ म्याग्दीको विकट गाउँको एउटा युवा आफ्नो सदरमुकाम बेनीबजार राम्रोसँग नदेखी रात्रिबसमा काठमाडौंको त्रिभुवन विमानस्थल ओर्लन्छ, कतार दोहाका लागि टिकट काट्छ, मेनपावरले दिएको ड्रेस लगाउछ र १८ घन्टा काम गर्न तयार हुन्छ । लाखौं एस्ता युवालाई देश भित्रकै अवसरबाट बन्चित गराएर विवशतामा पार्ने राज्य स्वयम् हो, राज्य त एउटा एउटा युवाको प्रगतिको साझेदार बन्नुपर्ने होइन ? बर्सेनी ७ लाख युवा श्रमबजारमा पलायन भइराखेका छन्, यिनीहरुको हितका निमित्त राज्य कहाँनेर उपस्थित छ ? शारीरिक रुपमा सशक्त र शैक्षिक रुपमा अब्बल जनशक्तिलाई विदेशी विमान चढाएपछि कस्तो समृद्धिको गुन्जायास भेट्दिनुपर्ने हो हामीले ?

    आज पनि लाखौं युवाहरुले विदेशी भूमिमा बगाएको रगत, आँसु र पसिनाले यो देश धानिएको छ । तर पनि उनीहरुको न त शासन सत्तामा पहुँच छ न त मताधिकारको सुनिश्चितता । भो छोड्दिनुस् मताधिकार त धेरै टाढाको कुरा, उनीहरुको विचार के हो ? त्यो सुन्ने धैर्यसम्म नराख्ने स्थितिमा राजनीतिक नेतृत्व पुगेको छ । हर नेपालीको मनोविज्ञान बुझ्नै नसक्ने र भ्रष्टचारको आहालबाट बाहिर निस्कनै नसक्ने नेतृत्वको बिदाई नै आजको जरुर आवस्यकता हो । त्यसकारण तमाम राजनीतिक विकृतिका विरुद्ध युवाहरु हस्तक्षेपकारी भूमिकामा उत्रनु आजको टड्कारो आवश्यकता हो ।

    युवापुस्ता त्यति धेरै काविल छ भन्ने कुरा होइन, उनीहरुको सिर्जनशीलता र क्षमता यही माटोमा प्रयोग हुनुपर्छ भन्ने मान्यताले प्राथमिकता पाउनुपर्छ भन्ने कुरा प्रधान हो । विभिन्न दलका जोकोही युवा नेताप्रति मेरा थुप्रै प्रश्नहरु छ्न । उहाँहरु हरक्षण शक्तिकेन्द्रको पछि धाउनुहुन्छ अर्थात पाओरफुल नेताको पछाडि गुट र कोटरीको राजनीतिमा आफुलाई समाहित गर्दै हुनुहुन्छ । राजनीतिक शक्तिकेन्द्रमा कृपादाताहरुका केही कृपापात्रहरु छ्न्, त्यसैले त कृपापात्रले केही खासखास मान्छेलाई कृपापात्रको रुपमा ट्रिट गरेका छ्न र व्यक्तिगत स्वार्थलाई हावी गराएका छन् ।

    जुनकुनै पार्टीभित्र पनि नयाँ विषयहरु ल्याउने, प्राथमिकताहरु बदल्ने, युवा, जनताको विषयलाई संगठनको मुद्दा बनाउने, मुद्दाको आधारमा भाइब्रेट क्रियट गर्ने र संगठनप्रति आकर्षण बढाउनुपर्ने सन्दर्भमा मुलतः क्यालकुलेसनमा फसेको नेतृत्वबाट यो देशले के अपेक्षा गर्ने ? राजनीतिक दलभित्र सबैकुरा हुन्छ्न तर विचारहरुको मन्थन नै हुँदैनन्, सपनाहरु जुर्मुराउँदैनन् । यथास्थितिमै आफूलाई ढालेर हिँड्न खोज्ने युवानेताहरुको प्रवृत्तिले शक्तिकेन्द्रलाई थप बलियो बनाउने आधार दिएको छ, यो स्थितिबाट चाहेको परिवर्तन र खोजेको गन्तव्य भेटिँदैन भन्ने कुरा उनीहरुले बुझ्नुपर्छ ।

    अहिले पार्टीहरु महाधिवेशनको रौनकमा छ । पार्टीभित्र युवाहरुको हस्तक्षेपकारी भुमिकाको जरुरी ठानिएको छ । बृहत्तर पार्टीहरुभित्र फरकफरक बिचारहरुबीच घर्षण स्वभावतः हुन्छन नै । व्यवस्था परिवर्तनमा आफ्नो अहम् भूमिका निर्वाह गरेका प्रमुख दलका अवस्था परिवर्तनका एजेन्डाहरु केके हुन सक्छ्न् ? थप रुपान्तरणको खातिर युवा नेताहरु नया ढंगले जनतामाझ उपस्थित हुन ढिला गर्नुहुँदैन ।

    व्यवस्था जोगाउनु पर्ने चुनौतीपूर्ण अभिभारा लोकतान्त्रिक दललाई छ नै, त्योभन्दा बढी अधिनायकवादी मनोकांक्षा बोकेर आउने जोकोहि शक्तिलाई पार्टीभित्र वा बाहिर बाट खबरदारी गर्दै आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि छ । तसर्थ नयाँ पुस्ताले अघिल्लो पुस्ताले गरेको योगदानको जगमा टेकेर अगाडी बढ्ने प्रण त गर्नुनै छ, समाजका हरेक तहगत संरचनाभित्र आफ्नो अस्तित्व खोज्ने प्रभावी भूमिकामा आफूलाई ढाल्न पनि जरुरी छ । यसर्थ आजका युवाहरु गुटउपगुटको चंगुलमा फसेर चाकडीमा लिप्त हुने होइन आफूलाई हरेक तप्काको निर्णायक शक्तिको रुपमा उभ्याउँदै आफ्नो अर्थपूर्ण हिस्सालाई सुरक्षित गर्नेतर्फ केन्द्रित बन्दै जानुपर्छ ।

    कम्तीमा आजको युवापुस्ताले गणतान्त्रिक सेन्सिबिलिटिलाई बुझ्ने , बैचारिक रुपमा थप परिस्कृत हुँदै बहसका सबै ढोकाहरुलाई खुला गर्ने र पार्टीलाई चेन्जको एजेन्ट बनाउने प्रयत्न गर्नसक्नुपर्छ । तपाईंहरु दुईचार थान सुकिलामुकिला हुल्लडबाजहरुलाई पछाडि राखेकै भरमा आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न तल्लीन हुने र पुरानै नेतृत्वको पुनारावृत्तिको सहयोगी बन्ने कि यी सब युवाहरुको आवाजको प्रतिनिधित्व गर्ने अवसरलाई सदुपयोग गर्ने ? युवानेताहरुलाई आजको गम्भीर प्रश्न यही हो ।

    अन्ततः पार्टीइतर बसेको र समाजमा रहेको ठूलो तप्कालाई राजनीतिप्रति आश्वस्त तुल्याउँदै, निरन्तर संवादका ढोकाहरु खोल्दै उनीहरुले राजनीतिप्रति देखाएको घृणित दृष्टिकोणलाई बदल्न सक्नुपर्छ । परिवर्तनको आभाष बेग्लै हुन्छ, त्यो दिलाउन सक्नुपर्छ । वैचारिकतासग युवापुस्तालाई जोड्नसक्नुपर्छ, माध्यमको रुपमा युवानेताहरु अग्रसर हुनुपर्छ । विकृत राजनीतिको दृश्यलाई स्वच्छ बनाउन युवा नेतृत्वको भूमिका अहम छ, जाग्नुपर्छ । बेला आएको छ । नेतृत्व कसैको कृपाले पाइने होइन, खोसेर लिनसक्नुपर्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    दलहरुको कल्पनाशीलतामा लागेको ताल्चा र नेपाल बन्द
    साहित्यको अर्थ
    हिंसा नियन्त्रण कसरी गर्ने ?
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      तोलामा ५०० ले बढ्यो सुनको मूल्य

    • २.
      सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो

    • ३.
      विराटनगर महानगरमा अनलाइनबाट राजश्व सङ्कलन

    • ४.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ५.
      प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै

    • ६.
      बालुवाटारमा सरकार र विप्लव समूहबीच औपचारिक वार्ता सुरु

    • ७.
      रोकिएन कालीगण्डकी दोहन : संकटमा शालिग्राम

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    • ७.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.