• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

खैरो हेरोइनसहित पक्राउ परेका थुनामा

  •  मेन समाचार संवाददाता
  • २३ पुष २०७७, बिहीबार १५:५९ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    सप्तरी । लागुऔषध खैरो हेरोइन (ब्राउनसुगर)सहित पक्राउ परेका युवक बुधबार थुनामा परेका छन् । जिल्ला अदालतको आदेशले तिलाठी कोइलाडी गाउँपालिका–७ का २७ वर्षीय भरत शर्मा सुतिहार पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेका प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय कञ्चनरुप टोलीले अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ बकधुवास्थित भित्री सडकखण्डबाट ५० ग्राम खैरो हेरोइनसहित सुतिहार र उनका भाइलाई गत कात्तिक १ गते पक्राउ गरेको थियो । आरोपितका भाइ (काकाका छोरा) १७ वर्षीय बालक भएकाले उनलाई निजको बुवाको जमानीमा छाडिएको छ ।

    इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहको नेतृत्वमा खटिएको टोलीले स७प १८६५ नंको मोटरसाइकलमा महादेवा गाउँबाट महुलीतर्फ जाँदै गरेको उनीहरुलाई पक्राउ गरेको थियो । प्रनाउ सिंहका अनुसार खैरो हेरोइन लिएर मोटरसाइकलमा आउँदै गरेको सूचनापछि सवारी साधन तथा पैदलयात्रीलाई जाँच गर्ने क्रममा आरोपित पक्राउ परेका हुन् । मोटरसाइकल पछाडि सवार भरत शर्माको साथबाट १० ग्रामको दरले बनाएको पाँच पोका खैरो हेरोइन बरामद भएको थियो ।

    आरोपितले भारतबाट खैरौ हेरोइन लिएर आएको बताए । भरत शर्माले लगाएको पाइन्टको गोजीमा प्लास्टिकभित्र प्याक गरेर राखेको अवस्थामा खैरो हेरोइन बरामद भएको प्रनाउ सिंहको भनाइ छ । उनीहरुविरुद्ध लागुऔषध ९नियन्त्रण० ऐन, २०३३ अनुसार मुद्दा चलाइएको छ । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ललितपुरको एकान्तकुनामा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु
    रुखमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला
    सरकार र विप्लव समूहबीचको वार्ता सकारात्मक !
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      आफ्ताब आलमलाई छुटाउन पहल गरिरहेको छुः सभापती देउवा

    • २.
      ३९ अंकले घट्यो नेप्से, चन्द्रागिरी हिल्सको शेयर मूल्य दश प्रतिशतले बढ्यो

    • ३.
      ललितपुरको एकान्तकुनामा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु

    • ४.
      सेना दिवसमा ‘हाफ म्याराथन’, विजेतालार्य ३० हजार पुरस्कार

    • ५.
      अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार

    • ६.
      दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

    • ७.
      म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ५.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ६.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    • ७.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.