काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नरगरपालिकास्थित मालपोत कार्यालयका नायब सुब्बा र लेखापढी व्यवसायीलाई घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयबाट खटिएको टोलीले नायब सुब्बा बेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।
लालपूर्जामा नाम सच्याउने नाममा एकजना सेवाग्राहीसँग रु ११ हजार घुस लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।