काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ५ हजार १३२ नमुना परिक्षण गर्दा १८३ महिला र २३० पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीवारसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । त्यस्तै ४८३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ४ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १ हजार ९०३ पुगेको छ ।
आज देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ ।