• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

लस्ती खोलामा झोलुगें पुल बन्याे, बाटाे छाेटियाे

  •  मेन समाचार संवाददाता
  • ७ भाद्र २०७७, आईतवार २१:४३ प्रकाशित
    Advertisement

    कास्की, ७ भदाै । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको लस्ती खोलामा झोलुगें पुल बनेपछि २ वडाका स्थानीयबासी औधि खुसी भएका छन् । वडा ३ घाचोकको डिलिनचौर र वडा ४ लाहाचोक पहेँले जोड्ने गरी लस्तीमा १ सय ६ मिटर लामो पुल गत साउन मसान्तमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । अब घुमाउरो बाटो भएर नदी वारपार गर्नुपर्ने बाध्यता हटेर समयको समेत बचत भएको छ ।

    सरकारको झोलुगें पुल क्षेत्रगत कार्यक्रमअन्तर्गतको अनुदान सहयोग, गाउँपालिका र स्थानीय उपभोक्ताको साझेदारी गरी ४९ लाख ६१ हजार लागतमा निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै आवतजावतका लागि कम्तीमा पौने घण्टा समय बचत भएको वडा ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले बताए । पुल निर्माणका लागि नौलो घुम्ती नेपालले प्राविधिक सहयोग गरेको हो ।

    ‘फागुन पहिलो सातादेखि सुरु भएको झोलुगें पुल निर्माण लकडाउनमा समेत निरन्तर काम भएर साउन मसान्तदेखि सञ्चालनमा आएको छ, दुवै वडाका नागरिकलाई घुमाउरो बाटो भएर आउन/जान १ घण्टा लाग्ने गरेकोमा अब ५ मिनेटमै वारपार गर्न सकिन्छ,’ वडाध्यक्ष लम्सालले भने ।

    घाचोकका युवक विष्णु पोखरेलले पुल निर्माणपछि दुवै वडाका वडाबासीहरूलाई कहालीलाग्दो लस्ती खोलाको असुरक्षित ठाडो उकाली÷ओराली गर्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको बताए । २ वडाबीच खेतीकिसानीमा अर्म÷पर्म गर्न मिल्ने, घाँस काट्न आउन जान सजिलो तथा कृषिउत्पादन बिक्रीवितरणमा समेतसहयोग पुगेर समग्र क्षेत्रमा समृद्धिसहित भावनात्मक सम्बन्ध समेत थप मजबुत हुने उनको भनाई छ ।

    पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबाबु हमालले समितिमा दुवै वडाबाट सदस्य रहेको बताउँदै दिँदै कोरोना महामारीमा समेत निरन्तर निर्माण गरिएको जानकारी बताए । पुल सञ्चालनपछि दुवै वडाका गरि ४ सय घरधुरीका २ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भएको बताइन्छ ।

    क्षेत्रगत कार्यक्रमबाट ४५ लाख ६४ हजार ३ सय ९८, गाउँपालिकाबाट २ लाख ९७ हजार ६ सय ७८ तथा जनश्रमदानबाट ९९ हजार २ सय २६ लागतमा पुल निर्माण भएको हो ।

    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    जनयुद्ध दिवसमा विदा दिने निर्णयविरुद्ध सर्वोच्चले रिट दर्ता गर्ने
    BitCoin payment Is Available | Synthroid 50 mcg best pills | Worldwide Shipping BitCoin payment Is Available | Synthroid 50 mcg best pills | Worldwide Shipping
    दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      Shailene Woodley Reacts To Aaron Rodgers Dating Mallory Edens

    • २.
      Wicca, Pagan, Goddess Info Wiccan Supplies Celtic Connection

    • ३.
      5 Ways To Block Adult Sites

    • ४.
      17 Waiters And Bartenders Share The Story Of The Most Awkward Date They’ve Served

    • ५.
      कांग्रेसले टुङ्गयो मन्त्रीको नाम, कुन मन्त्रालयमा को मन्त्री ?

    • ६.
      ‘एमाले त ढुंगामाथि बसेर मुर्चुङ्गा बजाएर आनन्द लिईरहेको छ’ : केपी शर्मा ओली

    • ७.
      जनयुद्ध दिवसमा विदा दिने निर्णयविरुद्ध सर्वोच्चले रिट दर्ता गर्ने

    • १.
      बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक पाए विश्वासको मत

    • २.
      यात्रु अभावले उडान बन्द

    • ३.
      गण्डकीमा ढल्यो एमाले नेतृत्वको सरकार, माओवादीका दुई मन्त्रीले दिए राजीनामा

    • ४.
      यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

    • ५.
      गठबन्धन दलका कारण तनावमा प्रधानमन्त्री दाहाल !

    • ६.
      रजनीकान्तको ‘बाबा’ले टुंग्याएको मनिषा कोइरालाको साउथ करियर

    • ७.
      पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् तपाईको आजको राशिफल

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.