• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

ठमेलमा रात्रिकालिन व्यवसाय सञ्चालनको माग

  •  मेन समाचार संवाददाता
  • २४ पुष २०७७, शुक्रबार १०:४४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । व्यसायलाई सञ्चालनमा ल्याएर पर्यटन उद्योगलाई विस्तारै पुनःस्थापना गर्नुपर्ने व्यवसायीले माग गरेका छन् । कोभिड–१९ को सङ्क्रमण शुरु भएपछि लकडाउनका कारण ठमेल क्षेत्र अहिलेसम्म ठप्प छ । दिवाकालीन व्यवसाय सञ्चालनमा आए पनि व्यापारिक लाभ लिन नसकेको ठमेल पर्यटन परिषद्को गुनासो छ ।

    पर्यटन व्यवसायमा चुलिँदै गएको आर्थिक सङ्कट व्यवस्थापन गर्न ठमेल खुला गर्नुपर्ने र रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन हुने वातावरण बनाउनुपर्ने व्यवसायीको माग रहेको छ । बिहीबार ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका हुन् ।

    कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख अशोक सिंहले सरकारले सञ्चालनको अनुमति दिएन भनिरहँदा व्यवसायलाई थप व्यवस्थापन गर्नेतर्फ पनि ध्यान दिन आग्रह गरे । “ठमेलमा व्यवसायी र घरधनीका आफ्ना–आफ्नै गुनासा र समस्या छन् । छुट्टाछुट्टै सुन्दा कुरा सबैका जायज लागे पनि दुवै पक्षले समझदारी नगरी व्यवसाय अघि बढाउन सकिँदै”, कामपा–२६ का अध्यक्ष ख्यामराज तिवारीले भने ।

    ठमेल बन्द भएपछि नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको छ भन्दै परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले यसलाई क्रमशः खोल्दै लानुपर्ने बताए । त्यस क्रममा व्यवसायीले रात्रिकालीन व्यवसाय गर्दा कोटेश्वर, सुन्धारा, दरबारमार्ग र ठमेललाई एउटै मापदण्डमा सञ्चालन गर्ने प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए । कुनै ठाउँमा ९ बजे, कतै १० बजे र कतै ११ बजे व्यवसाय बन्द गर्ने व्यवहार असमान भएको उनीहरूको गुनासो थियो ।

    छलफलमा सहभागी घरधनीले ठमेलमा रातको समयमा हुने जमघट, चर्को आवाज र सडकमा देखिने अश्लील गतिविधिले परिवारसँग बस्ने र आनन्दसँग सुत्ने वातावरण नभएको गुनासो गरेका थिए । यस क्षेत्रमा करिब १० हजार व्यवसायी र दुई हजार घरधनी छन् । सिजनमा ठमेलले दैनिक रु ३० देखि ३५ करोड र अफसिजनमा रु १८ देखि २० करोड कारोवार गर्ने गरेको थियो ।रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !
    फागुन २६ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित
    संसदभित्र काँग्रेसको नाराबाजी, १० मिनेटका लागि बैठक स्थगित
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण

    • २.
      अफगान सेना र तालिवान लडाकुबीच भिडण्त, ८ प्रहरी र ५ तालिवान लडाकुको मृत्यु

    • ३.
      ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

    • ४.
      टी २० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

    • ५.
      संसदलाई पुनःक्रियाशील तुल्याउन योगदान गरेका सबैमा सभामुखको बधाई

    • ६.
      मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा

    • ७.
      धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !

    • ४.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • ५.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.