• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

हिमपात र चिसोका कारण मनाङमा विकास निर्माण ठप्प

  •  मेन समाचार संवाददाता
  • २४ पुष २०७७, शुक्रबार ११:२६ प्रकाशित
    Advertisement
    Advertisement

    मनाङ । हिमालपारिको जिल्ला मनाङमा विकास निर्माणका काम ठप्प भएको छ । अत्यधिक चिसो बढेसँगै जिल्लामा भएका विकास निर्माणका काम रोकिएको हो । चिसो बढेसँगै खोलाहरु जमेका छन् भने माथिल्लो भेगमा सोमबारदेखि परेको हिमपातले जनजीवन कष्टकर भएको छ ।

    केही दिन अगाडि खोला जमेर खानेपानीको अभाव झेल्दै आएका यहाँका मानिसलाई हिमपातले घरभित्रै थन्क्याएको छ । मानिस त जसोतसो घरभित्र रहे पनि पशुचौपाय हिमपातको शिकार भएका पशुपालक किसान चोल्पा गुरुङले बताए ।उनका अनुसार माथिल्लो मनाङ खांसार मनाङगाउँलगायतका ठाउँमा निर्माण भइरहेका काम रोकिएका छन् । चिसोमा सिमेन्ट ‘सेट’ नहुने र चिसोले कामदारले काम गर्न नसक्ने हुँदा सडक, खानेपानी र सिँचाइका काममा अवरोध आएको हो ।

    त्यस्तै बर्खामा बाढीपहिरो र हिउँदमा हिमपातका कारण विकास निर्माणले गति लिन नसकेको पूर्वाधार विकासका प्रमुख नवीनचन्द्र अधिकारीले बताए । अहिले पूर्वाधारअन्तर्गतका काम सञ्चालन हुनसकेको छैन । मुख्य त यहाँको भौगोलिक अवस्थामा भर पर्छ । प्राकृतिक प्रकोपका कारण पनि विकास निर्माणले गति लिन नसकेको उनले बताए ।

    विगत पाँच वर्षदेखि अलपत्र रहेका मनाङका खोलामा पक्की मोटरपुल अझै सम्पन्न हुनसकेका छैनन् । हाल जिल्लामा रहेका प्रदेश र सङ्घ मातहतका विकास आयोजना पनि चिसोका कारण काम हुन नसकेको जिल्ला पूर्वाधार कार्यालय मनाङले जनाएको छ । पूर्वाधार कार्यालयका अनुसार हाल जिल्लामा सडक स्तरोन्नति, मोटरपुल निर्माण, जिल्ला कारागार, अस्पताल, सिटीहल निर्माणका काम भए पनि चिसोका कारण रोकिएको छ ।रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छः प्रचण्ड
    अख्तियार प्रमुख राई भन्छन्, ‘भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ’
    थप ८१ मा कोरोना सङ्क्रमण पुष्टि, ९८६ सक्रिय संक्रमित
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छः प्रचण्ड

    • २.
      प्रधानमन्त्रीका पक्षमा सयभन्दा बढी सांसद छन्ः मुख्य सचेतक भट्टराई

    • ३.
      अख्तियार प्रमुख राई भन्छन्, ‘भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ’

    • ४.
      थप ८१ मा कोरोना सङ्क्रमण पुष्टि, ९८६ सक्रिय संक्रमित

    • ५.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ६.
      विप्लवका सप्तरी जनसत्ता प्रमुख रामनाथ मण्डलसहित तीन जना पक्राउ

    • ७.
      राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    • १.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • २.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ३.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ४.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ५.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ६.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ७.
      रिहा भएका विप्लव नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसरबाटै पक्राउ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.