• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकीको निर्माण शुरु

  •  मेन समाचार संवाददाता
  • २४ पुष २०७७, शुक्रबार १४:१० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको छ । झण्डै १० वर्षको प्रतीक्षापछि बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको हो । भारतीय सिमानासँग जोडिएको बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा उक्त चौकीको निर्माण हुन लागेको छ । भारततर्फ भवन निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको छ भने नेपालतर्फ जग खन्ने र बाटो बनाउने काम भइरहेको छ ।

    निर्माणअन्तर्गत अहिले पूर्वाधार निर्माणका लागि कामदार र डोजर, टिपर २४ सैँ घण्टा सञ्चालन भइरहेका छन् । भारत र नेपालबीच भएको सम्झौताबमोजिम बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा एकीकृत भन्सार जाँचचौकी बन्न लागेको हो । जाँचचौकी निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमीन अधिग्रहण गरिसकेको छ । अधिग्रहण गरिएको कूल जग्गामध्ये ६७ बिघामा भारत सरकारले कार्यालय, गोदामलगायतका संरचना निर्माण गर्ने र बाँकी २४ विगाहा जग्गा बाटोका लागि छुट्याइएको छ ।

    सो जाँचचौकी निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ । जाँचचौकीमा मालसामान आयात–निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुने नेपालगञ्ज उपमहानगरपालिकााका प्रमुख डा धवलशम्शेर राणाले बताए । नेपालका लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढदै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयात–निर्यातलाई सहज व्यवस्थापन गर्न निर्माण हुन लागेको एकीकृत भन्सार जाँचचौकी कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

    आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसालका अनुसार, नेपालले सुरक्षाकर्मीका लागि केही संरचना निर्माण गर्ने दुई मुलुकबीचको सम्झौतामा उल्लेख गरिएको छ । जाँचचौकी निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारको तर्पmबाट हुने सम्झौता भएको जनाइएको छ । इञ्जिनीयर भुसालले जाँचचौकी निर्माणका लागि झण्डै रु एक अर्ब ३६ करोड (भारतीय रुपैयाँ) छुट्याइएको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    ललितपुरको एकान्तकुनामा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु
    रुखमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला
    सरकार र विप्लव समूहबीचको वार्ता सकारात्मक !
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ३९ अंकले घट्यो नेप्से, चन्द्रागिरी हिल्सको शेयर मूल्य दश प्रतिशतले बढ्यो

    • २.
      ललितपुरको एकान्तकुनामा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु

    • ३.
      सेना दिवसमा ‘हाफ म्याराथन’, विजेतालार्य ३० हजार पुरस्कार

    • ४.
      अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार

    • ५.
      दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

    • ६.
      म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी

    • ७.
      सुवास नेम्वाङसहित ७ जनालाई निलम्बन गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ५.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ६.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    • ७.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.