काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादललाई दोलखामा कालो बेलुन देखाएर विरोध गरिएको छ । ओली समूहको भेलालाई सम्बोधन गर्नका लागि दोलखा पुगेका गृहमन्त्री बादललाई प्रचण्ड–माधव समूहका कार्यकर्ताहरुले कालो बेलुन देखाएर विरोध गरेका हुन् ।
ओली समूहको कार्यक्रम सुरु हुनुअघि प्रचण्ड– माधव समूहले सदरमुकाम चरिकोटमा विरोध प्रदर्शन गरेको छ ।
यसअघि गृहमन्त्री थापालाई चितवनमा पनि प्रचण्ड माधव पक्षको विद्यार्थी संगठनले कालो झण्डा देखाएर विरोध गरिएको थियो । दुई प्रभावशाली मन्त्रीहरुको आगमनसँगै दोलखामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
शुक्रबार आयोजना गरिएको भेलामा गृहमन्त्री थापासहित सञ्चारमन्त्री पार्वत गुरुङ, पूर्व पर्यटनमन्त्री आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन कार्यक्रम रहेको छ ।