काठमाडौँ । देशभर थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार गरिएको ५ हजार २६९ नमुना परिक्षणमध्य १८८ महिला र ३६६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबारसम्म देशभर कोरोनासंक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ । शुक्रबार नै ५८५ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ ।
यसैगरि शुक्रबार कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको कुल संँख्या १ हजार ९०६ पुगेको छ ।
हाल देशभरि ५ हजार २१ जना सक्रिय संक्रमित छन् । सरकारले अहिलेसम्म १९ लाख ७४ हजार ५६१ नमुनाको पिसीआर परिक्षण गरेको छ ।