• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement
Advertisement

माघदेखि काठमाडौँ उपत्यकाका विद्यालय पनि खुल्ने

  •  मेन समाचार संवाददाता
  • २४ पुष २०७७, शुक्रबार १७:१० प्रकाशित
    Advertisement
    Advertisement
    सांकेतिक तस्बिर

    प्रकाश सिलवाल

    काठमाडौँ । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् ।

    गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित यहाँका विद्यालयले सम्बन्धित निकायको समन्वयमा प्रत्यक्ष कक्षा सञ्चालनको तयारी गरेका हुन् ।

    अनलाइन तथा रेडियो÷टेलिभिजनमा आधारित वैकल्पिक माध्यमको पढाइ प्रभावकारी नभएकाले पनि विद्यालय खोल्न दबाब परेको हो । कोरोना जोखिम कम भएका काठमाडौँ उपत्यका बाहिरका अधिकांश स्थानका विद्यालय गत मङ्सिरदेखि स्थानीय तहको अनुमतिमा सञ्चालनमा आएका थिए । ती विद्यालयमा सङ्क्रमित शिक्षक वा विद्यार्थी देखिए केही साता बन्दपछि पुनः सञ्चालनको प्रयोग पनि गरिएको छ । हाल देशभर दैनिक करीब ५०० र काठमाडौँमा २०० को हाराहारीमा सङ्क्रमित देखिएका छन् ।

    काठमाडौँ महानगरपालिकाका शिक्षा विभागका अधिकृत ९आठौँ० मोती भट्टराईले जिल्ला कोभिड–१९ को समन्वय र सुझावमा अन्य क्षेत्र पनि खोल्ने तयारीसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरी क्रमशः विद्यालय खोल्न सकिने बताए । उनले गाडीको प्रयोग नगरी माथिल्लो कक्षाबाट दिनमा तीन÷चार घण्टाका दरले प्रयोगका रुपमा विद्यालय खोल्न सकिने जनाए । काठमाडौँमा ९२ सामुदायिक र ६४५ निजी (संस्थागत) विद्यालय छन् । यसैगरी सामुदायिकमा ४३ हजार र निजीमा एक लाख १० हजार विद्यार्थी छन् ।

    कोभिड–१९ को केन्द्रीय संयोजक समितिले विद्यालयलगायत विभिन्न क्षेत्र खुलाउन मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । काठमाडौँको डिल्लीबजारस्थित विजयस्मारक माविका प्रधानाध्यापक डिल्ली शर्माले सामाजिक दूरीसहित कक्षा ११ र १२ को परीक्षा सफलतापूवर्क सम्पन्न गरे पनि आफूहरुलाई विद्यालय खोल्न आत्मबल बढेकाले अब क्रमशः विद्यालय खोल्ने तयारीमा रहेको बताए ।

    भक्तपुर र ललितपुरका कतिपय विद्यालय यसअघि नै सञ्चालनमा आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत महिना जारी गरेको ‘विद्यालय सञ्चालन कार्यढाँचा, २०७७’ बमोजिम स्थानीय तहले सरोकार भएका पक्षसँगको परामर्शमा वैकल्पिक सिकाइको निरन्तरताका साथै प्रत्यक्ष पढाइ शुरु भएको थियो । विद्यालय खोल्नपूर्व अनिवार्यरुपमा निर्मलीकरण गर्र्नुपर्नेछ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहको समन्वयमा विद्यालय खोल्न सकिने आधार यसअघिकै कार्यविधिले दिइसकेको तर देशभर अनिवार्यरुपमा सञ्चालनका लागि मन्त्रिपरिषद्को निर्णय आवश्यकपर्ने बताए ।

    जनस्वास्थ्य विज्ञले भने विद्यायल खोल्न हतार नगर्न सुझाव दिँदै आएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० का अध्यक्ष टीकाराम पुरीले लामो समयदेखि विद्यालय बन्द रहेको र महामारीको जोखिम घटेकाले काठमाडौँ र शहरी क्षेत्रका विद्यालय पनि खुलाउन आफ्ना सदस्य विद्यालयलाई आग्रह गरिएको बताउनुभयो । निजी विद्यालयले प्रत्यक्ष पढाइ नहुँदा पूर्ण शुल्क लिन नपाइएको र आर्थिकरुपमा सञ्चालन गर्न धौधौ परेको जनाउँदै शिक्षकलाई न्यून तलब दिन थालेका थिए । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले विद्यालय सञ्चालनका क्रममा अभिभावक पहिलो उपभोक्ता भएकाले उनीहरुसँग परामर्श लिई केन्द्र, प्रदेश र स्थानीय तहले विद्यालय शिक्षाको योजना बनाउनुपर्ने प्रतिक्रिया दिए । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    धादिङको अमराईमा ट्याक्टरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु
    विप्लवका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लाङ पक्राउ
    प्रधानमन्त्री ओली आज पोखरा आउँदै
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • २.
      धादिङको अमराईमा ट्याक्टरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

    • ३.
      आफूमाथि भौतिक हमलाको खतरा देखिएको प्रधानमन्त्री ओलीको संकेत

    • ४.
      कमरेडहरु कम्फर्टेबल सरकार बनाएर राष्ट्रिय स्वाधीनतालाई आक्रमण गर्न चाहन्छन्ः गृहमन्त्री बादल

    • ५.
      विप्लवका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लाङ पक्राउ

    • ६.
      फागुन २३ गते दिउँसो ४ बजे बस्ने गरि राष्ट्रपतिले आह्वान गरिन् संसद बैठक

    • ७.
      फागुन १९ गते प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठक, नागरिकतासहित उपस्थित हुन सर्कुलर

    • १.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • २.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ३.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ४.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ५.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ६.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ७.
      यस्तो छ संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला (पूर्णपाठसहित)

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.