बीबीसी । भारतका महाराष्ट्र राज्यको भंडारा जिल्लाको एक अस्पतालमा भीषण आगलागी भएको छ । बीबीसीका अनुसार जिल्ला अस्पताल भंडारामा शनिबार राति २ बजे आगलागी भएको हो ।
प्रहरीका अनुसार शनिबार राति २ बजे अस्पतालको न्यू बर्न केयर युनिटमा आगलागी भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सर्ट सर्किटको कारण युनिटमा आगलागी भएको हो । आगलागीबाट १० जना नवजात शिशुको मृत्यु भएको छ ।
अस्पतालका सिभिल सर्जन डा. प्रमोद खाण्डेतका अन्ुसार आगलागीमा तीन चार नवजात शिशुको जलेर मृत्यु भएको हो भने बाँकीको अत्याधिक धुवाँका कारण निसास्सिएर ज्यान गएको हो । अस्पताल भित्रका अन्य ७ जना शिशुको भने जिवित उद्धार गरिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय भंडाराका प्रहरी उपरिक्षक (एसपी) बसन्त जाधवले बताएका छन् । घटनाको जानकारी पाउने लगत्तै दमकल र सुरक्षाकर्मी परिचालन भएको उनलाई उद्धृत गर्दै बीबीसीले जानकारी दिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार शिशु केयर युनिटमा विद्युत सर्ट भएको कारण आगलागी भएको बताइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ ।