एजेन्सी । इटालियन क्लव युभेन्ट्सका डिफेन्डर म्याथिस डी लिग्टलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
कोरोना देखिएपछि डच डिफेन्डर सेल्फ आईसोलेसनमा बसेको समेत युभेन्ट्सले जनाएको छ ।
२१ वर्षीय डिफेन्डर युभेन्ट्सका मुख्य डिफेन्डर हुन् । युभेन्ट्सको उत्कृष्ट प्रदर्शनमा उनको महत्वपूर्ण योगदान रहदै आएको छ ।
तर, उनले लिगमा सासोउलोविरुद्धको खेल भने गुमाउने भएका छन् ।युभेन्ट्सले जनवरी ११ मा घरेलु मैदानमा सासोउलोसँग खेल्नेछ ।
सिरी ए लिगमा युभेन्ट्स चौंथो स्थानमा रहेको छ ।