काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेकपालाई विभाजनबाट जोगाउन सम्पुर्ण कार्यकर्ताहरु एकजुट हुनुपर्ने समय आएको बताएका छन् । उनले विभाजित नभई नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन अपिल गरेका छन् ।
शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजकको रुपमा एक विज्ञप्ती जारी गर्दै उपाध्यक्ष गौतमले विभाजनमा ढल्केका नेता कार्यकर्ताहरुलाई सम्झाउन आग्रह गरेका छन् । यस अभियान आफु जहाँ छौँ त्यहाँबाट शुरु गर्न समेत उनले आग्रह गरेका छन् ।
गौतमले लेखेका छन्, ‘पार्टीको एकता जोगाउन वा पुनः एकीकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक अपिल गर्दै तपाईहरुका अगाडि खडा भएको छु । पार्टी विभाजनमा सामेल हुने र विभाजनको नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनःएकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन् ।’
रााष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण हैसियत राख्ने दुई कम्युनिष्ट पार्टीको एकीकरण भएपनि दुवैमा रहेको फरक(फरक विचार, भावना र कार्यशैलीका कारण नेता र कार्यकर्ताहरुको बीचमा अन्तरघुलन हुन केही समस्या देखिएको उल्लेख गर्दै उनले तात्कालिक नीतिगत क्षेत्रमा संविधानको सर्वोच्चता, कानुनी राज्य, आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीलाई दुबैले सहर्ष स्वीकार गरी सके पछि मतभिन्नता त्यति जटिल हुने नदेखिएको बताएका छन् ।
सिद्धान्त र कार्यक्रमका सन्दर्भमा केही असमझदारी रहेका थिए, तिनलाई महाधिवेशनबाट टुंगो लगाउने भनि सहमति भएकै थियो, तबसम्म सबै कामहरु अपेक्षाकृत सहमतिका आधारमा सम्पन्न गर्ने सहमति पनि भएकै थियो,ु अपिलमा उनले उल्लेख गरेका छन् ।
पार्टी एकीकरणका निम्ति गरिएको पछिल्लो सहमतिअनुसार पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने भनिएको र अरु कुनै विकल्पमा जानसक्ने अवस्था नहुँदा दुई अध्यक्ष प्रणालीमा स्वेच्छाले सहमति भएकै बताउँदै उनले यस्तो हुँदाहुँदै पनि एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दुर्घटना राष्ट्रले वेहोर्न पर्ने अवस्था सृजना भएको बताएका छन् ।
संसद विघटनसँगै नेकपा ओली र प्रचण्ड–माधव नेपाल पक्षमा विभाजित भए पनि हालसम्म गौतम तटस्थ छन् । उनले नेकपालाई एकताबद्ध गर्न सक्दो प्रयास गर्ने बताउँदै आएका छन् । नेकपा विभाजनको असर तल्ला कमिटीसम्म पुगेको बेलामा गौतमले भने ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान’ सन्चालन गरेका छन् ।
पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्नेसम्मका घटनालाई पनि उनले पीडादायी भनेका छन् । उनले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने र अविश्वासको प्रस्तावको सामना गर्न नसकेर प्रतिनिधिसभा भंग गर्ने दुबै घटनाको विरोध जनाएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
एकता राष्ट्रिय अभियान
अपिल
आदरणीय कमरेडहरु,
आज नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकटको…Posted by Bamdev Gautam on Friday, January 8, 2021