• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

तत्काल राजीनामा नगरे ट्रम्पमाथि महाअभियोग लगाउने तयारी

  •  मेन समाचार संवाददाता
  • २५ पुष २०७७, शनिबार १३:१० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    बीबीसी । अमेरिकी डेमोक्र्याटिक पार्टीले कायममुकायम राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारी गरेको छ । बीबीसीका अनुसार ट्रम्पले पदबाट राजिनामा नगरेको खण्डमा उनलाई महाअभियोग लगाउने तयारी गरिएको बताइएको छ ।

    ट्रम्पले निर्वाचन परिणामको विरोध गर्दै आएका छन् । गत बुधबार निर्वाचन परिणाम घोषणा हुँदै गर्दा ट्रम्पका समर्थकहरु संसद भवनभित्रै प्रवेश गरि आक्रमण गरेका थिए । आक्रमणपश्चात भएको हिंसामा ५ जनाभन्दा बढी मारिएका थिए ।

    उक्त हमलालाई राष्ट्रपति ट्रम्पले पनि समर्थन गरेपछि उनको चौतर्फी आलोचना भएको छ । सामाजिक संजालमार्फत विभिन्न अभिव्यक्ति दिएर आफ्ना समर्थकहरुलाई हिंसामा उत्प्रेरित गरेको आरोप उनिमाथि छ ।

    सभामुख न्यान्सी पेलोसीले ट्रम्पमाथि कठोर निर्णय लिन परेपनि पछाडी नहट्ने बताएकी छिन् । यदी सहज रुपमा राजिनामा गर्ने पक्षमा ट्रम्प नदेखिए उनिबिरुद्ध महाअभियोग लगाउने समेत सभामुख न्यान्सीले बताइन् ।

    यसबारेमा डेमोक्र्याटिक पार्टीका सांसदहरुले छलफल गर्न थालेका छन् । राष्ट्रपति निर्वाचित जो बाइडनले महाभियोगबारे संसद्ले निर्णय गर्ने बताएका छन्। बाइडनले लामो समयदेखि आफूलाई ट्रम्प राष्ट्रपति पदका लागि योग्य नभएको लागेको बताएका छन्।

    ह्वाइट हाउसले भने महाभियोगको विषयलाई राजनीतिक स्वार्थूको कदम भन्दै त्यसले महान देशलाई थप विभाजित गर्ने बताएको छ।

    तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका करिब १६० सदस्यहरूले उक्त विधेयकमा हस्ताक्षर गरेका छन्।

    बुधवार क्यापिटलमा भाँडभैलो भइरहँदा उक्त विधेयक क्यालिफोर्निया राज्यका सांसद् टेड लिउ र रोड आइल्यान्डका डेभिड सिसिलीनले मस्यौदा गरेका थिए।यदि महाभियोग प्रक्रिया अगाडि बढ्यो भने त्यो राष्ट्रपति ट्रम्प विरुद्धको दोस्रो महाभियोग प्रयत्न हुनेछ।

    डिसेम्बर २०१९ मा तल्लो सदनले ट्रम्पलाई अन्य अभियोगहरूमा महाभियोग लगाउने प्रस्ताव पारित गरेको थियो तर सिनेटले फेब्रुअरी २०२० मा उनलाई सफाइ दिएको थियो।

    कुनै पनि अमेरिकी राष्ट्रपतिलाई अहिलेसम्म दुईपटक महाभियोग लागेको छैन। रिपब्लिकनहरूको सिनेटमा बहुमत भएका कारण महाभियोग पारित नहुन सक्छ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    नेकपा विवाद यथाशीघ्र टुंगो लगाउन पाँच पूर्वप्रमुख आयुक्तहरुको आग्रह (बक्तव्यसहित)
    प्रधानमन्त्री पाए नभाग्ने देउवाको घोषणा, प्रतिपक्षबाट डगमगाउन नहुने पौडेलको अडान !
    सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक निश्कर्षनजिक !
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      नेकपा विवाद यथाशीघ्र टुंगो लगाउन पाँच पूर्वप्रमुख आयुक्तहरुको आग्रह (बक्तव्यसहित)

    • २.
      भागरथी हत्या प्रकरणः आरोपित किशाेरमाथि अनुसन्धान गर्न पाँच दिनकाे म्याद थप

    • ३.
      लक्ष्यभन्दा ४४ करोड बढी राजस्व सङ्कलन

    • ४.
      प्रधानमन्त्री पाए नभाग्ने देउवाको घोषणा, प्रतिपक्षबाट डगमगाउन नहुने पौडेलको अडान !

    • ५.
      सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न, वार्ता सकारात्मक निश्कर्षनजिक !

    • ६.
      कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

    • ७.
      भारतमा एक करोड ११ लाख भन्दा बढी कोरोना सङ्क्रमित

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ४.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ५.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    • ६.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    • ७.
      ओलीको हरेक कदममा साथ दिएकै कारण राष्ट्रपति भण्डारी विवादमा

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.