काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्दैछन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालका अनुसार संघीय संसदमा दिउँसो १ बजे प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।
प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै राष्ट्रिय सभा वैठकमा सांसदहरुले विरोधपुर्ण अभिव्यक्ति दिएका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस, विपक्षी दल जसपासहित नेकपाका सांसदहरु नै प्रधानमन्त्रीको विरोधमा उत्रिएपछि त्यसको जवाफका लागि प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीको सम्बोधनपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने सम्भावना रहेको छ। सरकार हिउँदे अधिवेशन लम्ब्याउने पक्षमा छैन।