काठमाडौं । राष्ट्रिय क्रिकेटर कुन्दन सिंहको निधन भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आइतबार कुन्दनको निधन भएको जनाएको छ ।
मृगौला रोगबाट पीडित कुन्दनको २३ वर्षको उमेरमा जलेश्वर नगरपालिकास्थित आफ्नै घरमा निधन भएको हो । कुन्दनको दुबै मिर्गौला खराब भएको थियो । गत वर्षबाट उनले नियमित डाइलासि गराउँदै आएका थिए ।
कुन्दनले गत साउनमा कोरोनालाई भने जितेका थिए ।
आर्थिक अवस्था कमजोर भएका कुन्दनलाई आर्थिक सहयोग गर्न ुकुन्दन बचाउ अभियान समेत चलाईएको थियो । कुन्दनले दुई वर्ष अघि काठमाडौंमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–२ बाट खेलेका थिए ।