काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेकी छन् ।
आइतबार सूचना जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम आज बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।
अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र आइतबार राष्ट्रिसभा बैठकमा वाचन गरेर सुनाइएको छ । पत्रमा आइतबार राति १२ बजेबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य हुने उल्लेख छ ।
मन्त्रिपरिषदको आइतबारै बसेको बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को बैठक बस्नै पर्ने कानुनी बाध्यतासमेत छ ।