• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी

तनहुँ जलविद्युत आयोजनाःपहिलो प्याकेजका लागि ३ कम्पनीको बोलपत्र

  •  रासस
  • ८ भाद्र २०७७, सोमबार ०७:५३ प्रकाशित
    Advertisement
    Advertisement

    काठमाडौं, ८ भदौ । तनहुँको ऋषिङ गाउँपालिका १ झापुटारमा निर्माणाधीन तनहुँ जलविविद्युत आयोजनाको पहिलो प्याकेजअन्तर्गतका कामका लागि ३ कम्पनीले चासो देखाएका छन्।आयोजनाको पहिलो प्याकेजका लागि पुनः बोलपत्र आह्वान भएकामा तीन कम्पनीले बोलपत्र पेस गरेको र बोलपत्रको प्राविधिक मूल्यांकन सकेर स्वीकृतिका लागि एडिबी पठाइएको आयोजनाले जनाएको छ ।

    आयोजनाका प्रबन्धक श्यामजी भण्डारीका अनुसार पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया,चाइना गेजुवा कम्पनी र सुन्गा भियतनाम/कालिका जेभीले बोलपत्र पेस गरेका छन् ।

    ‘असार २३ गते ९ जुलाई ७० सम्म ३ वटा कम्पनीले बोलपत्र पेस गरेका थिए,’ भण्डारीले भने, ‘प्राविधिक मूल्यांकन सकेर स्वीकृतिका लागि अगष्टको पहिलो साता एडिबीमा पठाएका छौं।’ उनकाअनुसार अगष्टभित्रै एडिबीबाट स्वीकृत भएर आउने अनुमान छ ।

    आयोजनाको पहिलो प्याकेजअन्तर्गतको कामका लागि यस अगाडि बोलपत्र आह्वान भएकामा एशियाली विकास बैंक (एडिबी)ले उक्त बोलपत्र रद्द गरेको थियो । पहिलो प्याकेजको ठेक्काका लागि आयोजनाले गत वैशाख १२ गते पुनः बोलपत्र आह्वान गरेको थियो । त्यसका लागि १९ कम्पनीले चासो देखाए पनि ४ वटा कम्पनीले बोलपत्र पेस गरेका थिए । तर एडिबीले चारवटै कम्पनीलाई अस्वीकृत गरिदिएको थियो ।

    पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकाय एशियाली विकास बैंक (एडिबी( र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । पहिलो प्याकेजअन्तर्गत १ सय ४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गरिनेछ ।

    आयोजनाको ‘केवल टनेल’को काम शनिबार मात्रै पूरा भएको थियो । केवल टनेलको १ सय ८८ मिटर काम सम्पन्न भएको र अब विद्यृत्गृह निर्माणको काम सुरु गर्ने तयारी गरिएको छ । आयोजनाको दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले विद्युत गृहका लागि ‘केवल टनेल’ खन्ने काम सुरु गरेको थियो । सिनोले आयोजनाको प्याकेज २ अन्तर्गतको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ । दोस्रो प्याकेजको कामका लागि सिनो हाइड्रोसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख (मूल्य अभिवृद्धि करबाहेक)मा सम्झौता भएको थियो ।

    आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । आयोजनाका लागि १ सय ४० मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्युत गृह निर्माण गरिनेछ । खुद उचाइ १ सय २१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८।९० मेगावाट र वर्षायाममा ३२३।६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ ।

    आयोजनाको कूल लागत ५ सय ५ मिलियन अमेरिकी डलर ९प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत रहेको छ । जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि १ सय ८४ मिलियन डलर व्योहोर्ने छ ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It? Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?
    राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने
    सुदुरपश्चिम सरकारले २५ माघमा विश्वासको मत लिने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले

    • २.
      सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद

    • ३.
      राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित उर्मिला अर्याल काे हुन् ?

    • ४.
      बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    • ५.
      Camsoda Evaluation 2021 ? Is Camsoda Actually Worth It?

    • ६.
      राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने

    • ७.
      एमालेको केन्द्रिय समिति बैठकको पहिलो अजेन्डा: निर्वाचन समिक्षा

    • १.
      क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि ‘ज्ञान’को ‘वेभिनार’

    • २.
      लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धारः आईओएम

    • ३.
      क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार

    • ४.
      पाथिभरा माताले सबैको कल्याण गरुँन्, हेर्नुस् यस्तो छ तपाइँको आजको दैनिक राशिफल

    • ५.
      न‍ेपाल प्रहरीका ९५ एसपीको सरुवा, को कहाँ पुगे ?

    • ६.
      हिलो ‘इण्डियन आइडल’ अभिजितदेखि पछिल्लो संस्करणका विजेता पवनदिपसम्म कोही सक्रिय, कोही गुमनाम

    • ७.
      राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीका लागि पर्यो निवेदन

    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor : Rem BK

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.