• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

हिमालयन हाइड्रो पावरको १३ औं साधारसभा पोखरामा सम्पन्न

"उत्पादन वर्ष भएकाले लाभाशं प्रस्ताव गरिएन "
  •  मेन समाचार संवाददाता
  • २६ पुष २०७७, आईतवार २१:१९ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    पोखरा । कास्कीको मादी गाउँपालिकामा १२ मेगावाट क्षमताको जलविद्युत आयोजना सञ्चालन गरिरहेको हिमालयन हाइड्रोपावर लिमिटेडले शनिबार १३ औं साधारण सभा पोखरामा सम्पन्न गरेको छ ।

    साधारण सभाले आव २०७६/०७७ को लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । सभामा विशेष प्रस्तावमा कम्पनीको प्रवन्ध पत्र नियमावली संसोधन गर्ने प्रस्ताव गरिएको थियो ।

    कम्पनी अध्यक्ष खोमबहादुर केसी र सचिव कृष्णप्रसाद भण्डारीले पेस गरेको वार्षिक प्रतिवेदनमा उत्पादन वर्ष भएकाले लगानीकर्तालाई लाभांश प्रस्ताव गरिएको थिएन । कोरोना महामारीका कारण आयोजनाको उत्पादन ६ महिना ढिलो भएकाले लागत परिमार्जन हुने प्रतिवेदन सभामा पेस गरिएको थियो ।

    मादीको वडा नं २ साविक नार्माजुङ गाविसमा कम्पनीद्वारा प्रवद्र्धित ‘नामार्जुङ मादी जलविद्युत आयोजना’ निर्माण सम्पन्न भएर आयोजनाले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान भइसकेको छ ।

    गएको भदौ २५ गतेबाट आयोजनाले परीक्षण उत्पादन थालेर व्यावसायिक उत्पादन असोज १२ गते दिउँसो १२ बजेबाट सुरु गरेको थियो ।

    मादी नदीको पानी एक हजार २५० मिटर लामो ‘ओपन क्यानल’मार्फत ६४ मिटर उचाईबाट आयोजनाको विद्युत गृहमा खसालेर विद्युत उत्पादन गरिएको हो ।

    उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत चार किमी तलको अपरमादी जलविद्युत आयोजनाको १३२ केभीमा जडान गरी त्यसमार्फत १२ किमी टाढाको नेपाल विद्युत प्राधिकरणको लेखनाथस्थित सबस्टेशनमा जडान गरिएको छ । आयोजना गत चैत पहिलो सातानै सम्पन्न भएको थियो ।

    कम्पनीको डाइरेक्टरमा शिवकृष्ण श्रेष्ठ, मोनिका थापा, सुकान्त अधिकारी छन् भने प्रमुख कार्यकारी अधिकृत अभिषेक केसी रहेका छन् ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    तोलामा ९०० ले घट्यो सुनको मूल्य
    शेयर बजारमा उछालः परिसूचक ९० अंकले बढ्यो, निफ्राको शेयर ८ प्रतिशतले वृद्धी
    तोलामा एक हजारले घट्यो पहेंलो धातु
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • २.
      प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण

    • ३.
      अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली

    • ४.
      प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • ५.
      सहमतिप्रति प्रतिवद्ध छौँ, तर हस्तक्षेप स्वीकार छैनः विप्लव

    • ६.
      विप्लव र सरकारबीच तीन बुँदे सहमतीमा हस्ताक्षर

    • ७.
      प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.