• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

बेनी अस्पतालले शव परीक्षण गर्न मानेन, पर्वत लैजान झन्झट

  •  मेन समाचार संवाददाता
  • २७ पुष २०७७, सोमबार ०८:२४ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर

    बेनी अस्पतालले म्याग्दीको सदरमुकाम बेनीसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा पर्ने मल्लाज क्षेत्रको शव परीक्षण गर्न छाडेपछि चिन्ता थपिएको छ ।

    दुर्घटना, विपद् र आत्महत्याका कारण ज्यान गुमाएकोको शव नजिकैको बेनी अस्प्तालले परीक्षण गर्न नमानेपछि कुश्मा लैजाँदा सास्ती, झन्झट र दुःख भएको छ ।

    गत बिहीबार म्याग्दी बेनीसँगैको पर्वत बेनीमा बस्ने २३ वर्षीया युवतीले आत्महत्या गरिन् । साँझ करिब ८ बजे पर्वत बेनीबाट बेनी अस्पताल ल्याइएको शव परीक्षणका लागि दुई घण्टासम्म गाडीमै राखियो ।

    अस्पतालका चिकित्सकले बेजिल्लाको शव परीक्षण नगर्ने अडान लिएपछि अन्ततः राति १० बजे गाडी खोजेर कुश्मास्थित पर्वत अस्पतालमा पठाइएको थियो ।

    आर्थिकरूपमा बिपन्न ती युवतीका आफन्तहरुले कुश्मामा परीक्षण गराएपछि शुक्रबार वारि बेनीस्थित कालीगण्डकी किनारको घाटमा दाहसंस्कार गरेका थिए ।

    पछिल्लो समय सिमाना जोडिएको बेनी अस्पतालले जलजलाको शव परीक्षण गर्न नमानेपछि मृतकका परिवार र आफन्तलाई पीडामाथि पीडा भएको वारि बेनीका दिलीप बरुवालले बताए । “बेनीमै शव परीक्षण गर्दा नजिकै भएकाले सबैलाई सजिलो भएको थियो”, उहाँले भन्नुभयो, “शव बोकेर कुश्मा पुर्याउँदा धेरै सास्ती र दुःख भएको छ ।” शव बोक्ने गाडी नपाउने र बढी भाडा तिर्नुपर्ने समस्या छ ।

    जलजला गाउँपालिकाको १, २, ३, ४, ५ नम्बर वडामा पर्ने बाँसखर्क, मल्लाज र लेकफाँटका बासिन्दालाई कुश्मास्थित पर्वत अस्पतालभन्दा म्याग्दीको बेनी अस्पताल नजिक पर्छ । फरक जिल्ला भए पनि मल्लाज र बेनीको व्यापारिक, आर्थिक, सामाजिक सम्बन्ध एकै जिल्ला सरहको छ ।

    वार्षिक १० वटाको हाराहारीमा मल्लाज क्षेत्रका शव परीक्षणका लागि बेनी अस्पतालमा ल्याउने गरेका छन् । दुर्घटना, विपद् र आत्महत्याका कारण ज्यान गएकाको कानूनी प्रक्रिया पूरा गर्नका लागि शवको परीक्षण गर्नुपर्ने नियम छ ।

    शवको परीक्षण जस्तो मानवीय संवेदना जोडिएको विषयमा बेनी अस्पतालले बेजिल्लाको बहानामा विभेद गर्न थालेको जलजलाका बासिन्दाहरुले गुनासो गरेका छन् ।

    बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अव्यावहारिक कानूनी प्रक्रियाका कारण बेजिल्लाको शव परीक्षण गर्न चिकित्सक पछि हटेको बताए।

    “सजिलो र छिटो सुविधा होस् भनेर बेजिल्ला भए पनि मल्लाज क्षेत्रको शव बेनी अस्पतालमै परीक्षण हुन्थ्यो”, उनले भने, “बेजिल्लाको अदालतमा वयान दिन जान झन्झट हुने र भ्रमण खर्च नपाउने भएकाले पछि हटेका हुन् ।”

    जलजला गाउँकार्यपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं ३ का अध्यक्ष देविन्द्र भण्डारी (रवि)ले बेनी अस्पतालले शव परीक्षण गर्न नमानेपछि नागरिकले दुःख र सास्ती पाएको गुनासो बढेको बताए । जिल्ला प्रशासन कार्यालयमार्फत समस्या समाधान गर्न पहल गरिएको उनले बताए ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने
    नेपालमा कोरोना खोप अभियानको १० औँ दिनः हालसम्म १ लाख ५८ हजार ४८७ ले लगाए खोप
    कोरोना खोप लगाएका ३३ मा सामान्य समस्या
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      आफ्ताब आलमलाई छुटाउन पहल गरिरहेको छुः सभापती देउवा

    • २.
      ३९ अंकले घट्यो नेप्से, चन्द्रागिरी हिल्सको शेयर मूल्य दश प्रतिशतले बढ्यो

    • ३.
      ललितपुरको एकान्तकुनामा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु

    • ४.
      सेना दिवसमा ‘हाफ म्याराथन’, विजेतालार्य ३० हजार पुरस्कार

    • ५.
      अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार

    • ६.
      दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

    • ७.
      म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ५.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ६.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    • ७.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.