• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement
Advertisement

केटीको विषयमा झगडा हुँदा आफ्नै साथिको हत्या गर्ने युवक को हुन् ? यसरी भएको थियो हत्या !

  •  मेन समाचार संवाददाता
  • २७ पुष २०७७, सोमबार १३:३२ प्रकाशित
    Advertisement
    Advertisement

    काठमाडौं । केटीको विषयमा झगडा हुँदा आफ्नै साथिको हत्या गर्ने अभियुक्त पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–६ स्थायी घर भइ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ रुद्रेश्वर चोक बस्ने २१ वर्षीय राज सिंह ठकुरी छन् ।

    प्रहरीका अनुसार ठकुरीले गत बिहीबार (पुस २३ गते) बुढानीलकण्ठ नगरपालिका–१ चिसेनीस्थित गुम्बा नजिकको सार्वजनिक बाटोमा बुढानीलकण्ठ नगरपालिका–६ बस्ने २१ वर्षीय सुशील तामाङमाथि चक्कु प्रहार गरेका थिए ।

    ठकुरीले चुक्कु प्रहार गरी गम्भीर घाइते बनाएका तामाङलाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, उपचारकै क्रममा तामाङको पुस २६ गते ९आइतबार० मृत्यु भएको थियो ।

    प्रहरीका अनुसार ठकुरी र तामाङ मिल्ने साथी हुन् । गत बिहीबार (पुस २३ गते) उनीहरु रमाइलो गर्न भन्दै बुढानीलकण्ठ माथिको चिसेनी डाँडामा गएका थिए ।

    चिसेनी डाँडामा सुशील र राजसँगै लाक्पा शेर्पा पनि गएका थिए । चिसेनी डाँडामा लाक्पाले ‘दाई’ भन्ने गरेका उमेश तामाङलाई पनि बोलाएका थिए ।

    चिसेनी डाँडामा बसेर चारै जनाले छ्याङ पिए । छ्याङ पिउँदा पिउँदै एउटा केटीको प्रसंगमा कुरा हुँदा लाक्पाले दाई भनेर ल्याएका उमेश तामाङ र ठकुरीबीच विवाद बढेको थियो ।

    प्रहरीका अनुसार उमेशले आफ्नी प्रेमीकासँग किन नजिकिएको भन्दै ठकुरीसँग विवाद गरेका थिए ।

    झगडा बढ्ने देखिए पछि उमेशले फोन गरेर आफ्ना साथीहरुलाई बोलाएका थिए । तर पछि बिवादकै बीच चारै जना त्यहाँबाट हिँडेका थिए ।

    चिसेनी डाँडाबाट निस्किने क्रममा राज ठकुरीले भने एउटा होटलबाट चक्कु समेत बोकेका थिए ।

    पछि राज ठकुरी र उमेशका साथीबीच हात्तीगौंडा माथिको बाटोमा भेट भयो । छ्याङ पिएर मातेका राजले उमेशका साथीहरु भन्दै आफ्नै साथी सुशीलको पेटमा चक्कु घोपे ।

    उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिए पनि घटनाको चौथो दिन आइतबार उपचारकै क्रममा सुशीलको मृत्यु भयो । प्रहरीका अनुसार चिकित्सकहरुले सुशीलको पेटमा प्रहार गरिएको चक्कुले मिर्गौलामा समेत चोट लागेको बताएका छन् ।

    तामाङमाथि चक्कु प्रहार गरेपछि ठकुरीको खोजीमा जुटेको प्रहरीले उनलाई चितवनको पिप्ले भन्ने स्थानबाट पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बिहान पिप्लेबाट पक्राउ गरी काठमाडौं ल्याएको छ ।

    चितवनमा पक्राउ परी काठमाडौं ल्याइएका ठकुरीमाथि कर्तव्य गरी ज्यान मारेको कसुरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    धादिङको अमराईमा ट्याक्टरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु
    विप्लवका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लाङ पक्राउ
    प्रधानमन्त्री ओली आज पोखरा आउँदै
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फेरी बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • २.
      धादिङको अमराईमा ट्याक्टरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

    • ३.
      आफूमाथि भौतिक हमलाको खतरा देखिएको प्रधानमन्त्री ओलीको संकेत

    • ४.
      कमरेडहरु कम्फर्टेबल सरकार बनाएर राष्ट्रिय स्वाधीनतालाई आक्रमण गर्न चाहन्छन्ः गृहमन्त्री बादल

    • ५.
      विप्लवका महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लाङ पक्राउ

    • ६.
      फागुन २३ गते दिउँसो ४ बजे बस्ने गरि राष्ट्रपतिले आह्वान गरिन् संसद बैठक

    • ७.
      फागुन १९ गते प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठक, नागरिकतासहित उपस्थित हुन सर्कुलर

    • १.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • २.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ३.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ४.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ५.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ६.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ७.
      यस्तो छ संसद विघटन बदर गर्ने सर्वोच्चको फैसला (पूर्णपाठसहित)

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.