पाेखरा, ८ भदाै । गण्डकी प्रदेशमा कोरोना भाइरसका ८ संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सोमबार बिहानको अपडेट अनुसार ५ जिल्लाका ८ जनामा कोरोना पुष्टि भएको हो ।
थपिएका संक्रमित सबै कन्ट्रयाक्ट ट्रेसिङमार्फत पुष्टि भएको स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।
स्याङ्जा पुतलीबजार नगरपालिकाका १, तनहुँ व्यास नगरपालिकाको १ गरी २ जना नेपाली सेनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । म्याग्दी बेनी नगरपालिकाका १ जना नेपाल प्रहरीमा समेत कोरोना देखिएको छ ।
संक्रमित सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा थप उपचारको लागि लैजाने तयारी भइरहेको निर्देशक डा शर्माले बताए ।
योसँगै गण्डकीमा संक्रमित संख्या १ हजार ८ सय ८८ पुगेको छ । निको हुनेको संख्या १ हजार ६ सय १२ रहेको छ । जुन ८५।३८ प्रतिशत हो ।