काठमाडौँ । नेपालमा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार ५ हजार ३०९ नमुना परिक्षण गरिएको मध्य १९२ महिला र २९६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।
मन्त्रालयका अनुसार सोमबार नै ५२७ जना निको भएका छन् । निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणका कारण सोमबार १० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १ हजार ९२७ पुगेको छ ।
नेपालमा हालसम्म १९ लाख ८७ हजार ५५५ जनाको पिसीआर परिक्षण गरिएको छ । जसमध्य ४ हजार ३७३ सक्रिय संक्रमित रहेका छन् ।