काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३०० नमुना परिक्षण गरिएकोमा १७७ महिला र २५३ पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
यो संगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । मंगलबार नै ३९० जना संक्रमित निको भएका छन् । निको हुनेको कुल संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ ।
त्यस्तै आज ५ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ९३२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ मात्र रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कुल संक्रमितको १ दशमलव ६६ प्रतिशत मात्र हो ।
सरकारले हालसम्म १९ लाख ९२ हजार ८५५ नमुनाको पिसीआर परिक्षण गरेको छ । सक्रिय संक्रमितमध्य २३७ जना क्वारेन्टिनमा रहेका छन् ।