काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुुस लिने प्रहरी हवलदारलाई पक्राउ गरेका छन् ।
इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवलदार शान्ति भण्डारीलाई अख्तियारले पक्राउ गरेको हो ।
उनले पक्राउ परेका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाई सेवाग्राहीसँग १्र० हजार घुस लिएको बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले हवलदार भण्डारीलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
उनिविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।