• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

ओलीलाई प्रचण्डको प्रश्न– ‘जनता भेडाबाख्रा हुन् ? हजारौँको बलिदान ठट्टा हो ?’

  •  मेन समाचार संवाददाता
  • २८ पुष २०७७, मंगलवार १९:०७ प्रकाशित
    Advertisement
    Advertisement

    पोखरा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट पार्टी विचार र विधिको संयोजनमा चल्ने पार्टी भएको बताएका छन् । अध्यक्ष प्रचण्डले पार्टी एकता गर्ने बेलामा गरेका सहमति र समझदारी समाजवादउन्मुख जनताको जनवाद स्वीकार गर्ने र लेनिनवादी संगठनात्मक विधि स्वीकारेर हरेक निर्णयमा बहुमतका आधारमा गर्ने प्रष्ट विचार राखिएको स्मरण गरे ।

    कास्कीको पोखरामा मंगलबार भएको गण्डकी प्रदेशस्तरीय बृहत प्रशिक्षण सभालाई सम्बोधन गर्दै उनले भने, “परिवर्तनका लागि योगदान गर्ने सहिद, वेपत्ता र घाइतेहरुलाई स्मरण गर्दै प्रचण्डले क्रान्तिका उपलव्धिका रक्षाका लागि एकतावद्ध हुनु नै अहिलेको आवश्यक्ता हो ।”

    अध्यक्ष प्रचण्डले नेकपा भित्रको विवाद र बहस पदको लुछाचुडीका लागि नभएर विचार, विधि पद्दति र सिद्धान्तका लागि भएको बताए । “हाम्रो पार्टीभित्र चलेको विवाद र बहसलाई पद वा लुछाछुडीका रुपमा व्याख्या गर्ने कोसिस भएको छ । म के कुरामा विस्वस्त गराउन चाहन्छु भने यो पदका लागि भएको लडाइँ होइन, विचार, राजनीति र सिद्धान्तका लागि हो” अध्यक्ष प्रचण्डको भनाई छ ।

    उनले जनतालाई भेडाबाख्रा नठान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी पनि दिए । अध्यक्ष प्रचण्डले भने, ‘म चुनौती दिएर भन्न चाहन्छु कमरेड केपी ओलीलाई, तपाईँले हास्यव्यङ्ग्य गरेर मान्छेलाई प्रहसन गराएर दुनियाँलाई उल्लू बनाउन सकिन्छ भन्ने ठान्नुभएको छ ? जनतालाई भेडाबाख्रा ठान्नुभएको छ, तपाईँले? हजारौँ सहिदहरूको बलिदान, त्याग र तपस्यालाई ठट्टा ठान्नुभएको छ ?”

    अध्यक्ष प्रचण्डले नेकपा र सूर्य चिन्ह आफुहरुकै हुने बताउदै आफूसहित नेकपाका नेताहरु आयोग पुगेर त्यहाँका पदाधिकारीहरुसँग भएको कुराकानीबाट पनि र संविधान र विधानअनुसार पनि नेकपा र सूर्य चिन्ह आफूहरुकै हुनेमा विश्वस्त रहेको बताए । उनले जताततै अल्पमतमा परेका ओलीले केन्द्रीय समिति विस्तार गरेको नाटक गरेको भन्दै विचार र सिद्धान्त नै त्याग्दै मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) पनि छाडिसकेको बताए ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    प्रधानमन्त्रीका पक्षमा सयभन्दा बढी सांसद छन्ः मुख्य सचेतक भट्टराई
    फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
    ३६ जिल्लाका सीडीओकाे सरुवा, को कहाँ पुगे (सूचीसहित)
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      आफूलाई सर्वेसर्वा मान्ने प्रवृत्ति घातक हुन्छः प्रचण्ड

    • २.
      प्रधानमन्त्रीका पक्षमा सयभन्दा बढी सांसद छन्ः मुख्य सचेतक भट्टराई

    • ३.
      अख्तियार प्रमुख राई भन्छन्, ‘भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुन्छ’

    • ४.
      थप ८१ मा कोरोना सङ्क्रमण पुष्टि, ९८६ सक्रिय संक्रमित

    • ५.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ६.
      विप्लवका सप्तरी जनसत्ता प्रमुख रामनाथ मण्डलसहित तीन जना पक्राउ

    • ७.
      राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    • १.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • २.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ३.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ४.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ५.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ६.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ७.
      रिहा भएका विप्लव नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसरबाटै पक्राउ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.