• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

नयाँ भवनका लागि जमिन नपाएपछि पुरानै स्थानमा धुलिखेल कारागार

  •  मेन समाचार संवाददाता
  • २९ पुष २०७७, बुधबार १२:१२ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    काभ्रे । सदरमुकाम धुलिखेलस्थित जिल्ला कारागार कार्यालयले पुरानो भवन भत्काएर सोही स्थानमा नयाँ भवन निर्माण गर्ने भएको छ । कार्यालयले नयाँ भवनका लागि जमिन खोज्न थालेको सात वर्षसम्म जिल्लाभित्र सदरमुकाम नजिक उपयुक्त क्षेत्र निरीक्षण गर्दै आए पनि कुनै पनि स्थानमा जमिन नपाएपछि पुरानै एकतले भवन भत्काउन बाध्य भएको हो ।

    कैदीबन्दी सुधारगृहको रूपमा निर्माण गर्न लागिएको काभ्रेपलाञ्चोकको धुलिखेल कारागार भवनका लागि यसअघि सरकारले कारागार व्यवस्थापन विभागमार्फत वर्षेनी करोडौँ बजेट छुट्याउँदै आएको थियो । चालु आर्थिक वर्षबाट भवन निर्माण गर्न गत हप्ता मात्रै ठेकेदार कम्पनीसँग सम्झौता भएको जेलर गायत्रीप्रसाद अधिकारीले जानकारी दिए ।

    “वर्षौँदेखि नयाँ भवनका लागि जमिन खोज्दै आइयो, उपयुक्त स्थानमा कतै पनि जमिन नपाएपछि पुरानै भवन भत्काएर नयाँ भवन बनाउने निर्णय भएको हो”, अधिकारीले भने । उनका अनुसार हाल रु ५६ लाख ७४ हजार ४२३ को लागतमा दुईतले प्रशासनिक भवन तथा थप बजेटबाट सुरक्षासहितका अन्य संरचना क्रमशः निर्माण हुनेछ ।

    तीन वर्षअघि धुलिखेल नगरपालिका क्षेत्रभित्रको कारागारका लागि उपयुक्त जमिन उपलब्ध गराउन पटक–पटक माग गर्दा नगर कार्यपालिकाले बेवास्ता गरेको थियो । तत्कालीन स्थानीय सिफारिस समितिले धुलिखेल नगरपालिका–११ को कित्ता नं २७७ को १४० रोपनी सात आना एक पैसा दुई दाममध्ये पूर्वतर्फको १२ रोपनी जमिन उपलब्ध गराउन गृह मन्त्रालयमार्फत अनुरोध गर्दा नगरपालिकाले उक्त जमिन दिन मानेको थिएन ।

    नगरपालिका र सर्वसाधारणले कारागारले माग गरेको जग्गा पर्यटकीय क्षेत्र रहेकाले नसकिने बताउँदै आएका थिए । त्यसयता कारागार निर्माण हुनेमा अन्योलता हुँदै आएको थियो । हाल रहेको तीन रोपनी आठ आना तीन दाम जमिनमा मापदण्डअनुसार कारागार बनाउन नसकिने भएकाले वर्षौँदेखि जमिनको खोजी हुँदै आएको हो ।

    सरकारले आर्थिक वर्ष २०७०÷७१ देखि करोडौँ रुपैयाँ बजेट विनियोजन गरेर जिल्लाको साँगा, बनेपा, धुलिखेल, काभ्रे भञ्ज्याङलगायतका स्थानमा वर्षेनी सार्वजनिक जमिन खोजिदै आइए पनि उपयुक्त जमिन नपाउँदा बजेट फ्रिज हुँदै जाने गरेको थियो । सरकारको मापदण्डअनुसार नयाँ निर्माण हुने कारागार कैदीबन्दीमैत्री, कारागारभित्र खेलकूद मैदान, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै हिरासत, शौचालय, कार्यालयको भवनलगायतका भवन निर्माण गर्नुपर्ने थियो । तर पर्याप्त जमिन नहुँदा मापदण्डअनुसारको कारागारको वातावरण बनाउन नसकिने जेलर अधिकारीले बताए ।

    राणाकालमा घोडा बाँध्ने तबेलालाई विसं १९६० मा जिल्ला कारागारका रूपमा परिणत गरिएका थियो । साठ्ठी कैदीबन्दी राख्ने क्षमता रहेको उक्त कारागारमा २०० भन्दा बढी राख्नुपर्ने बाध्यता रहँदै आएको छ ।रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)
    अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली
    वार्ता टोलीलाई विप्लवले भेटे, सभागृह जानुअघि आन्तरिक छलफल
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • २.
      प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण

    • ३.
      अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली

    • ४.
      प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • ५.
      सहमतिप्रति प्रतिवद्ध छौँ, तर हस्तक्षेप स्वीकार छैनः विप्लव

    • ६.
      विप्लव र सरकारबीच तीन बुँदे सहमतीमा हस्ताक्षर

    • ७.
      प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे विप्लव

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.