• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement

महात्मा गान्धीको चस्माको मूल्य ४ करोड ८ लाख !

  •  एजेन्सी
  • ८ भाद्र २०७७, सोमबार ०९:४० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    ब्रिटेनस्थित लिलाम गर्ने एउटा कम्पनीले महात्मा गान्धीको एउटा चस्मा ४ करोड ८ लाख रुपैयाँमा विक्री गरेको छ।

    एक अमेरिकी सङ्ग्रहकर्ताले उक्त चस्मा लिलाम बढाबढमार्फत् खरिद गरेका हुन्।

    ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो।

    आफूहरूले शुरूमा अनुमान गरेकोभन्दा बढी रकममा चस्मा विक्री भएको कम्पनीका एन्ड्र्यू स्टोले बताए।

    उक्त चस्माको मूल्य बताइँदा त्यसको स्वामित्व भएका व्यक्ति झन्डै मूर्च्छित भएको उनी बताउँछन्।

    चस्माको स्वामित्व भएको ब्रिस्टलको म्यानगस्ट्सफील्डका वयोवृद्धले लिलामीबाट आएको रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन्।

    ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका एन्ड्र्यू स्टोले भने, ‘लगभग ५० वर्षसम्म त्यो चस्मा दराजभित्र त्यसै थियो। लिलामीमा राख्ने व्यक्तिले कुनै कामको चिज नभएको भन्दै त्यसलाई फालिदिन्छु भनेर मलाई एकताका भनेका थिए।’

    ‘चस्माको स्वामित्व भएको व्यक्तिका लागि यो लिलामी राम्रो कुरा हो। बुढेसकालमा उनलाई यो ठूलो रकम निकै काम लाग्ला।’

    ‘महात्मा गान्धीको चस्मालाई एउटा नयाँ ठाउँमा पुर्‍याउन पाएकोमा हामीलाई खुशी लागेको छ। यो लिलामी हाम्रो लागि नयाँ कीर्तिमान त हुँदै हो तर ऐतिहासिक रूपमा पनि महत्त्वपूर्ण छ,’उनले थपे।

    स्टोका अनुसार खामभित्र हालेर शुक्रवार राति पत्रमन्जूषामा कसैले खसालिदिएका थिए र सोमवारसम्म चस्मा त्यहीँ थियो।

    खाममा चस्मा फेला परेपछि उनले आफ्ना मालिकसँग सम्पर्क गरी चस्माको महत्त्वबारे बताए।

    ‘हामीले मिति जाँच्यौँ। सबै कुरा मिल्यो, गान्धीले चस्मा लगाउन थालेको मिति पनि मिल्यो,’ स्टोले भने।

    स्टोले भने, ‘हाम्रा एक कर्मचारीले हामीलाई चस्मा भएको त्यो साधारण खाम दिए र त्यसमा भएको एउटा पत्रमा त्यो चस्मा महात्मा गान्धीको भएको लेखिएको थियो।’

    अनुसन्धान गर्दा सुनको जलप लगाइएको घेरा भएको उक्त गोलाकार चस्मा वास्तवमै नागरिक अधिकारका लागि सङ्घर्ष गरेका भारतीय नेता गान्धीले लगाएको पत्ता लागेपछि आफू झन्डै कुर्सीबाट लडेको उनी बताउँछन्।

    ‘मैले ती व्यक्तिलाई फोन गरेँ अनि उनलाई झन्डै हृदयाघात भए जस्तो मलाई लाग्छ,’ स्टोले भने।

    ती व्यक्तिका अनुसार उनको परिवारका एक व्यक्तिले सन् १९२० को दशकमा गान्धीलाई दक्षिण अफ्रिकामा भेटेका थिए।

    त्यसपछि उक्त चस्मा आफ्नो परिवारको स्वामित्वमा आएको उनको भनाइ छ।

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    यस्तो छ १३ वर्षको उमेरमा बुवा बनेका युवकको कहानी
    सहरमा दिउसै बाघ हिँडेपछि…
    चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग सम्बन्धबिच्छद !
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      फतुवा विजयपुर नगरपालिकाका प्रमुखसहित २१ जनाविरुद्ध एक करोड ५३ लाख अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा

    • २.
      खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

    • ३.
      भोलि नयाँ मन्त्रीहरुको सपथ

    • ४.
      हेटौंडाको बजेट २ अर्ब ७१ करोड

    • ५.
      प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् थपिएका मन्त्री

    • ६.
      नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताकालागि चीनको सक्रियता सुरु

    • ७.
      प्रेम आलेद्वारा राजीनामा घोषणा (तस्बिरहरु)

    • १.
      प्रहरी फन्दामा सेवाग्राहीमाथि अभद्र व्यवहार गर्ने नायब सुब्बा

    • २.
      ज्योतिराज राईको अध्यक्षतामा नयाँ समिति गठन

    • ३.
      नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छु: मिस नेपाल वर्ल्ड प्रियंका रानी

    • ४.
      सौन्दर्य प्रतियोगिताको आडमा बलात्कार प्रकरण : मनोज पाण्डे पुर्पक्षका लागि जेल चलान

    • ५.
      भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप

    • ६.
      दुबई राजपरिवारका सदस्यले गरे पोखराको भ्रमण, गरे प्रशंसा

    • ७.
      ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का सात व्यवस्थाः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    न्युरोड, पोखरा

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Admin Chief : Arpan Tiwari

    Promoter : Sundar Basyal

    IT Head 

    Surya Paudel

     

     

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.