काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालाजुस्थित आन्तरिक राजश्व कार्यालयका कम्प्युटर अपरेटर राजन शर्मालाई घुस रकमसहित पक्राउ गरेको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले आन्तरिक राजश्व कार्यालयका कम्युटर अपरेटर शर्मालाई ४३ हजार घुस लिएको आरोपमा पक्राउ गरेको हो ।
अख्तियारका अनुसार ।कर तिर्न सहजिकरण गरिदिए वापत उक्त रकम लिने÷दिने क्रममा दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।