• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्नेहरु नयाँ जनादेशमा जानुुपर्छः मन्त्री रायमाझी

  •  मेन समाचार संवाददाता
  • २९ पुष २०७७, बुधबार १८:०७ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले परिवर्तनका मुुद्दा र उपलब्धि गुुम्ने खतरा भएपछि प्रधानमन्त्रीले रहरले नभई बाध्यात्मक परिस्थितिका कारण प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानुु परेकोे स्पष्ट गरेका छन् ।

    रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले आगामी चुुनावबाट जसलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्छ, उनिहरु खुुशी भएर नयाँ जनादेशमा जानुुपर्नेमा किन अप्ठेरो मानिरहनुुभएको छ भनी प्रश्न गरे ।

    मन्त्री रायमाझीले भने, “तीन वर्षसम्म सरकारमा बस्ने, अनि आफूू हिँडेपछि प्रधानमन्त्रीलाई पनि ढालेर सडकमा पुु¥याउने ? ढुुङ्गामुुढा र विरोध प्रदर्शन गर्ने रु सबैले त्यसो गर्ने भए यो देशको समृद्धि कहाँ जान्छ रु देश र प्रणाली कसले बचाउँछ रु” निर्वाचन घोषण भएको शुुरुआती दिनमा जनतामा केही अलमल देखिए पनि पार्टीभित्रको विवादबारे स्पष्ट पारिएपछि प्रधानमन्त्रीलाई बाध्य पारिएको रहेछ भन्ने जनताले बुुझेका र विस्तारै निर्वाचनका पक्षमा जनमतको लहर उर्लिरहेको उनले बताए ।

    प्रतिपक्ष र नेकपाकै केही नेताले चुुनावमा जान हिम्मत नराखेको बताउँदै उनले भने,“केही समयमै सत्य उजागर हुुनेछ, जनताले को देशको नायक हो भन्ने बुुझ्नेछन् ।’’ उनले नाकाबन्दी र भूूकम्पका बेला राष्ट्रियताको अडान राखेर सुुखी नेपाली समृद्ध नेपालको अभियानमा अघि बढेको विषय जनताले हेरेका छन् भने ।

    मुलुकमा विकास र समृद्धिको अभियान अघि बढिरहेका बेला कुुनै विचार, राजनीति, योजना, विधि र मापदण्डका आधारमा नभई पद र प्रतिष्ठासँग जोडेर अनेक विवाद सिर्जना गरी सरकारलाई अप्ठेरामा पार्ने काम भएको बताउँदै उनले भने, “बेठीक किसिमबाट झगडा र अन्तरविरोध भयो । वैचारिक र देशलाई समृद्धि गर्ने विषयमा बहस भएन । अनि निर्वाचनको कदम चाले ।”

    मन्त्री रायमाझीले सर्वसम्मत चयन भएको प्रधानमन्त्रीलाई विनाकारण विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव अघि बढाउने उद्देश्यले चालिएको कदम गम्भीर त्रुुटि भएको टिप्पणी गरे । एक प्रश्नका जवाफमा उनले भने, “कम्युनिष्ट पार्टीका नेतामा नै देखिएको तडकभडक र राज्यको ढुुकुुटी उडाउने जस्ता गलत प्रवृत्तिप्रति मेरो सहमति छैन, आफूूले त्यसप्रति कहिल्यै रुचि राखिन ।”

    परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारतबीचका बैठकमा छलफलका लागि रहने कार्यसूचीमा भैरहवा–गोरखपुर ४०० केभी प्रसारण लाइन पनि रहेको जानकारी दिँदै मन्त्री रायमाझीले भइरहेका संरचनालाई सुधार गर्ने तथा जमीनमुुनि विद्युतीय लाइन बिच्छ्याउने कामलाई प्राथमिकता दिइएको बताए । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्ट (एमसिसी सम्झौता) कार्यान्वयन गर्ने वा नगर्ने भन्नेमा प्रमुख राजनीतिक दलबीच छिट्टै निष्कर्षमा पुुग्न आवश्यक रहेको उनको भनाइ छ ।

    यसैबीच नेपाली काँग्रेसकी नेत्री सुुजाता कोइरालाले संविधानमै प्रतिनिधिसभा एक कार्यकालका लागि पाँच वर्ष तोकिएकाले उक्त अवधि अगावै हुने निर्वाचनका पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन् । यहाँ आज आयोजित साक्षात्कारमा पूर्वउपप्रधानमन्त्री कोइरालाले अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा निर्णय सुनाउने विश्वास व्यक्त गरे । नेत्री कोइरालाले भने, “हामी कुनै हालतमा पनि अहिले चुुनावका पक्षमा छैनौँ, समय अगावै चुुनाव गराउने कार्य प्रजातान्त्रिक होइन, संविधानको प्रावधानअनुुसार प्रतिनिधिसभा पुनःस्थापना हुनुुपर्छ, विकल्प छैन ।’’रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    काँग्रेसले बोलायो संसदीय दलको बैठक
    संसदीय दलको नेता फेर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय
    सभामुख र पूर्वप्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      ३९ अंकले घट्यो नेप्से, चन्द्रागिरी हिल्सको शेयर मूल्य दश प्रतिशतले बढ्यो

    • २.
      ललितपुरको एकान्तकुनामा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु

    • ३.
      सेना दिवसमा ‘हाफ म्याराथन’, विजेतालार्य ३० हजार पुरस्कार

    • ४.
      अमेरिकी सेना रहेको इराकी अखडामा १० वटा रकेट प्रहार

    • ५.
      दक्षिण सुडानमा विमान दुर्घटना, १० जनाको मृत्यु

    • ६.
      म्यान्मारका विदेशमन्त्री आसिएनका विदेशमन्त्रीहरुको बैठकमा सहभागी

    • ७.
      सुवास नेम्वाङसहित ७ जनालाई निलम्बन गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • १.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • २.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ३.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ४.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ५.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ६.
      म्याग्दीका गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल बन्दै

    • ७.
      ओली भेट्न बालुवाटार पुगे वामदेव गौतम, पार्टी एकता कायम राख्न आग्रह

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.