काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत प्रस्थान गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिनका लागि परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान गरेका हुन् । उनि भारतमा तीन दिनसम्म रहनेछन् ।
भ्रमण टोलीमा परराष्ट्र सचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायत सहभागी छन् ।
बैठकमा नेपालले सीमा विवाद, कोरोनाविरुद्धको खोप, नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने बताइएको छ ।
अहिले आयोगका अध्यक्षता भारतले गरिरहेको छ । आयोगको बैठक नेपाल र भारतमा पालैपालो हुने गरेको छ ।
प्रतिनिधिसभा विघटनपछि बढ्दो राजनीतिक अन्योलताका बीच मन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।