काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहको स्थायी समिति बैठक पेरिसडाँडामा जारी रहेको छ । शुत्रबार बिहान ११ बजेदेखि शुरु भएको वैठकमा थप आन्दोलनको विषयमा छलफल भइरहेको छ ।
राष्ट्रपतिमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गराएपछि प्रचण्ड र माधव नेपाल समूह निरन्तर आन्दोलनमा रहेका छन् ।
आजको बैठकमा आन्दोलनलाई थप शसक्त कसरी बनाउने भन्ने बिषयमा छलफल चलिरहेको छ । आन्दोलनका लागि अन्य राजनीतिक दलहरुसँग सहकार्य गर्ने विषयमा पनि बैठकमा चर्चा भएको छ ।