काठमाडौँ । संसद विघटनविरुद्ध परेको रिटलाई बृहत् पूर्ण इजलासबाट हुनुपर्ने मागलाई संवैधानिक इजलासले अस्वीकार गरेको छ । शुक्रबार आदेश जारी गर्दै संवैधानिक इजलासले अब संसद विघटनविरुद्ध सर्वोच्चमा परेको मुद्धाको सुनुवाई संवैधानिक इजलासबाट हुने भएको छ ।
‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधान धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकोले निवेदकको मागबमोजिम गर्नुपरेन, कानूनबमोजिम गर्नु ’ आदेशमा भनिएको छ ।
आदेशसँगै आगामी ४ गतेका लागि मुद्धालाई हेर्दाहेर्दैको पेशी तोकेको छ ।
यसअघि रिट निवेदकहरुले यो संसद विघटनको रिटलाई वृहत पूर्ण इजलासमा लैजानुपर्ने माग गरेका थिए ।
हेर्नुहोस् आदेश