• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

भूकम्पबाट बच्न र बचाउन दृढ सङ्कल्प आवश्यकः गृहमन्त्री

  •  मेन समाचार संवाददाता
  • २ माघ २०७७, शुक्रबार १८:४७ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    फाइल तस्बिर: रासस

    काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले आगामी दिनमा आउन सक्ने भूकम्पबाट बच्न र बचाउन सबैमा दृढ सङ्कल्प आवश्यक रहेको बताएका छन् ।

    ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा आज आयोजना गरेको २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटन गर्दैै उनले भूकम्पबाट आफ्नो सुरक्षा आफैले गर्ने भएकाले दृढ सङ्कल्प आवश्यक रहेको बताएका हुन् ।

    “हरेक वर्ष नयाँ सङ्कल्प गर्दै आएका छौँ, भूकम्प विरुद्ध दृढ सङ्कल्पसहित उभिने छाँै, सचेत रहने छौँ भन्ने सङ्कल्प यसवर्ष पनि ग¥यौँ”, उनले भने, “भूकम्पको सामना गर्न सचेतना, जागरण फैलाउँदै जागरुक भएर ज्ञान हासिल गर्न सक्यौँ भने यसको जोखिमबाट आफूलाई रक्षा गर्न सक्छौँ ।” भविष्यमा आउन सक्ने भूकम्पबाट बच्न र बचाउन चुनौतीको सामना गर्दै परस्पर समन्वय, सहकार्य तथा सहयोग आवश्यक रहेको बताउदै उनले आगामी दिनमा आउन सक्ने विपत्तिको सामना गर्न पूर्वतयारी आवश्यक रहेको औँल्याए ।

    गृहमन्त्री थापाले भने, “विपत्तिबाट बच्न र बचाउने उद्देश्यले राज्यले माथिदेखि तलसम्म विभिन्न संरचना निर्माण गरेको छ, विभिन्न सङ्घसंस्था गठन गरेको छ, लाखौँको सङ्ख्यामा स्वयंसेवक गठन गर्दैछ, यिनीहरुको बीच पनि समन्वय, सहकार्य र सहयोग गरे मात्रै जोखिम न्यूनिकरण गर्न सक्छौँ ।” उनले सरकारले आवश्यक संरचना, नीति, ऐन, योजना बनाउँदै आएको र यस प्रकारको दिवसले पनि आमनागरिकमा यसबाट बच्न आउँदो पिँढीसमेतलाई सचेतना प्रदान गर्ने बताए । त्यसअवसरमा गृहमन्त्री थापाले भूकम्प सुरक्षा डिजिटल प्रर्दशनीको उद्घाटनसमेत गरे ।

    कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशिल ज्ञवालिले ०७२ सालको भूकम्पमा भएको क्षतिमध्ये ९१ प्रतिशत जनताले निजी आवासको पुनःनिर्माण सम्पन्न गरेको बताउदै सरकारले तीन लाख अरु लगानी जनता आफैले गरेको बताए। उनले सात हजार ५५३ विद्यालय पुनःनिर्माण हुनुपर्नेमा करिब छ हजार सम्पन्न भएको, करिब ९२० सम्पदा पुनःनिर्माण गर्नुपर्नेमा ६१ प्रतिशत सम्पन्न भएको भन्दै अहिले बनेका करिब आठ लाख घर सु्रक्षित घर बनेको बताए । रासस

     

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)
    अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली
    वार्ता टोलीलाई विप्लवले भेटे, सभागृह जानुअघि आन्तरिक छलफल
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      मेस्सीलाई प्लेयर अफ दि मन्थ अवार्ड

    • २.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • ३.
      प्रचण्ड–माधव पक्षका नेताहरु निर्वाचन आयोगमा, दलविवाद चाँडै निरुपण गर्न ध्यानाकर्षण

    • ४.
      अब नेपालमा हिंसात्मक द्वन्द्व छैनः प्रधानमन्त्री ओली

    • ५.
      प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    • ६.
      सहमतिप्रति प्रतिवद्ध छौँ, तर हस्तक्षेप स्वीकार छैनः विप्लव

    • ७.
      विप्लव र सरकारबीच तीन बुँदे सहमतीमा हस्ताक्षर

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.