काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले अनुशासनको कारवाही गरिसकेको ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्य विपरित गतिविधि गरेको ठहर गर्दै बैठले उनिसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । बैठकले महासचिव विष्णु पौडेललाई पनि पार्टीको निर्णय भन्दा विपरित गएर काम गरेको भन्दै कारवाही गरेको छ ।
बैठकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध अझै सशक्त भएर प्रतिवादमा उत्रिने निर्णय गरेको छ । सोही अनुसार आगामी माघ १६ गते काठमाडौँमा विशाल जनप्रदर्शन गर्ने समेत बैठकले निर्णय गरेको छ ।