• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

नजिर र रेश्माको ‘माया किन मोडियो’ (भिडियो)

  •  मेन समाचार संवाददाता
  • ३ माघ २०७७, शनिबार ०८:२१ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं । लकडाउनको समयमा एकपछि अर्को म्यूजिक भिडियोको निर्देशन गरिरहेका सुव्रतराज आचार्य निर्देशित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

    एसजी मेलोडी नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘माया किन मोडियो’ बोलको गीतमा सुदन गैरेको स्वर र संगीत रहेको छ भने किरण घिमिरे ‘माइकल’ को शब्द सिर्जना छ । गीतको भिडियोमा नाजिर हुसेन र रेश्मा घिमिरे फिचर छन् ।

    प्रतिमा शर्माले निर्माण गरेको भिडियोको क्रियटिभ डाइरेक्टर जया शर्मा हुन् । उत्सव दाहालले खिचेको भिडियोको स्क्रिप्ट निर्देशक आचार्यका छोरा तथा कलाकार साइव्रत आचार्यले तयार पारेका हुन् । उनी यस भिडियोका सहायक निर्देशक पनि हुन् । भिडियोको कन्सेप्ट भने गायक गैरे स्वयंको हो । भिडियोमा नाजिर र रेश्माबीचको मित्रता देखाइएको छ । भिडियोमा मुस्कान शाह र एलिश खनालको सह-अभिनय रहेको छ भने बालकलाकारहरु साईरा आचार्य र एलिभ राउतको पनि अभिनय रहेको छ । भिडियोको सम्पादन तथा कलर ग्रेडिंग बिकास दाहालको रहेको छ भने प्रडक्शन म्यानेजर दिपेन गौतम ‘माईकल’ हुन् ।

    करीब एक दशकदेखि अमेरिकालाई कर्मथलो बनाएका गायक गैरे ‘माया किन मोडियो’ फरक बनाउने कोशिश गरेको बताउँछन् । यो गीतको ट्यून लकडाउनको समयमा घरमा बस्दा बनाएको उनको भनाई छ ।

    उनी भन्छन्, ‘मैले गीतको शब्द पनि सुरु गरेको थिए । पछि किरण घिमिरे ‘माइकल’ भाईले बाँकी शब्द लेखेर दिनुभयो । त्यसपछि मैले यो गीत बनाएँ ।’ यो गीतको अडियो र भिडियो अहिले बजारमा चलेका गीतभन्दा फरक बनाउने कोशिश गरेको उनको कथन छ ।

    अहिलेसम्म गायक गैरेले तीनवटा एल्बम निकालिसकेका छन् । २०५५ सालमा साथीहरुसँग मिलेर ‘तरेली’ एल्बम निकालेका उनले २०६५ सालमा दोस्रो र २०७० सालमा तेस्रो एल्बम निकालेका थिए ।

    पछिल्लो समय भने उनले सिंगल गीत नै गरिरहेका छन् । उनी नेपाली सांगीतिक क्षेत्रमा लागेको नै २० वर्ष भइसकेको छ । तर, म्यूजिकमा पूर्ण रुपमा लाग्न नपाएकोमा उनलाई पीडा पनि छ ।

    उनी भन्छन्, ‘म १२ वर्ष अगाडि अमेरिका आएपछि म्यूजिकलाई चाहे जति समय दिन सकिनँ । तर, म्यूजिकबाट टाढा बस्न पनि सकेको छैन । सानैदेखि म्यूजिक मनपर्ने भएकाले केही गर्नुपर्छ भन्ने सधैं लागिरहन्थ्यो । हामी सबै एक दिन मरेर जानै पर्छ । तर, नाम चाहिँ कहिले पनि मर्दैन । त्यो एउटा कुराले मलाई जहिले पनि छुन्छ । त्यसैले पनि म्यूजिकमा केही गरिरहेको छु ।’

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई
    सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा
    ‘युरोरडिस फोटो अवार्ड’मा नेपाललाई दोस्रो स्थान
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    • २.
      कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु

    • ३.
      हत्याको २० दिनपछि अपराधी सार्वजनिक

    • ४.
      कम्युनिस्ट इतरको सरकार बनाउने प्रचण्ड–माधव समूहको प्रयास निरर्थक हुन्छः अर्थमन्त्री पौडेल

    • ५.
      काँग्रेसले नेकपाको प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

    • ६.
      स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात घाइते

    • ७.
      बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ५.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.