काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सम्बोधनमा योगेश भट्टराईतर्फ इंगित गर्दै ‘केटो’को संज्ञा दिएका थिए । प्रदेश नम्बर १ को काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले आफुले एक केटोलाई मन्त्री बनाएको तर सोही केटोले पछाडीबाट पुक्क लात्तीले हिर्काएको बताएका थिए ।
‘आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो’ प्रधानमन्त्रीले भनेका थिए, ‘को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ।’
प्रधानमन्त्रीको सम्बोधनपश्चात पुर्वमन्त्री योगेश भट्टराईले ट्वीटरमार्फत जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।’
केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।
— Yogesh Bhattarai (@yogesbhattarai) January 16, 2021
संसद विघटनपश्चात नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित हुँदा योेगेश भट्टराई प्रचण्ड–माधव समूहमा लागेको छन् । उनि यसअघि पर्यटनमन्त्री थिए । संसद विघटन भएपछि उनले मन्त्री पदबाट राजिनामा गरेका थिए ।