काठमाडौं, ८ भदौ । कोरोना भाइरसको बढ्दे संक्रमणलाई नियन्त्रण गर्न नेपाली कांग्रेसका युवा नेता गगन थापाले काठमाडौं महानगरपालिकालाई ६ बुँदे सुझाव दिएका छन् ।
‘कोरोना महामारी रोकथाम र नियन्त्रणमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी छ । काठमाडौंमा बढ्दो संक्रमणलाई रोक्न महानगरसँग मिलेर केही गर्न सकिन्छ कि भनेर हिजो कामनपा कार्यालयमा गएर प्रमुख लगायतसँग छलफल गरी महानगरले तत्काल गर्नैपर्ने विभिन्न कुरामा ध्यानाकर्षण गरेको छु,’ थापाले ट्विट मार्फत भनेका छन् ।
कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउनुपर्ने, टोलटोलमा पुगेर परीक्षण गर्ने लगायतका सुझाव गगनले महानगरलाई दिएका हुन् ।
यस्ताे छ गगनले दिएकाे सुझाव: