काठमाडौँ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार विभागीय टोली त्रिभुवन आर्मी क्लव र वाग्मती प्रदेश विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीलाई पराजित गर्दै आर्मी विजेता बनेको छ भने त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लवलाई पराजित गर्दै वाग्मती प्रदेश विजयी बनेको हो ।
त्रिभुवन आर्मी क्लवले ८० रनको फराकिलो अन्तरले कर्णाली प्रदेशलाई पराजित गर्दा बाग्मतीले विभागीय टोली नेपाल पुलिस क्लवविरुद्ध ७ विकेटले वाग्मती विजेता बनेको हो । आजको खेलसँगै आर्मीले लगातार दुई जित दर्ता गरेको छ भने पुलिस क्लव पहिलो खेलमा नै पराजित बनेको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले ४३ ओभर एक बलमा एक सय ९५ रन बनाएको थियो । जवाफमा कर्णाली प्रदेशले ३३ ओभर तीन बलमा १ सय १५ रनमै अलआउट भयो
आर्मीका लागि ओपनर अनिल मण्डलले सर्वाधिक ८९ रन बनाए । त्यस्तै कप्तान विनोद भण्डारीले १ रन बनाए भने राजेश पुलामीले १६ र लोकेश बमले १३ रन बनाए । अन्य ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
पहिलो इनिङ बलिङ गरेको कर्णालीका लागि दिनेश अधिकारी, राज शाह र दिवन पुनले दुई दुई विकेट लिए ।
जवाफी ब्याटिङतर्फ कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रन बनाए भने हेमन्त ओलीले १६ तथा दिनेश अधिकारीले १२ रन बनाए । बाँकी खेलाडी एकपछि अर्को रुपमा आउट भए । बलिङमा आर्मीका सुसन भारीले चार विकेट लिए भने रोहित पौडेलले दुई तथा साहब आलमले तीन विकेट लिए ।
त्यस्तै त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले खराब ब्याटिङ गर्दै २९ ओभरमा अल आउट हुँदै १११ रन मात्र बनाउन सफल भयो ।
खेलमा पुलिसका लागि दिपेन्द्र सिं ऐरि र आरिफ शेखले समान २१÷२१ रन बनाए । त्यस्तै सुनिल धमला र कुशल भुर्तेलले समान १७÷१७ रन बनाए । यसैगरि अमित श्रेष्ठले ७ रन मात्रै बनाए । कप्तान मन्जित श्रेष्ठ ५ रनमै आउट हुँदा अनिल शाह, पवन शर्राफ लगायतका अन्य ब्याट्सम्यान १ रनमै आउट भए ।
बलिङतर्फ तिलक भण्डारी र नन्दन यादवले चार चार विकेट लिए भने रामनरेश गिरीले दुई विकेट हात पारे ।
जवाफमा वाग्मतीले ३४ ओभर चार बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । वाग्मतीको जितमा पृथु बास्कोटाले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै पारस खड्का र इशान पाण्डेले समान १७÷१७ रन बनाए । अन्य ब्याट्सम्यानहरुले सामान्य प्रदर्शन गरे । बलिङमा दिपेन्द्र सिं ऐरि र ललित राजवंशीले एकएक विकेट लिए ।