काठमाडौँ । नेपालमा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमार्फत प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार गरिएको ३ हजार ५०८ नमुना परिक्षण गरिएकोमा २६६ जनामा संक्रमण पुुष्टि भएको जानकारी दिएका छन् ।
आइतबार काठमाडौँ उपत्यकामा मात्रै १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँमा १४५ जना, ललितपुरमा २३ र भक्तपुरमा ९ जना रहेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । त्यस्तै आइतबार नै ४ सय जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको हुनेको कुल संख्या २ लाख ६१ हजार ४४४ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म सरकारले २० लाख १२ हजार ४५२ नमुनाको पिसीआर परिक्षण गरेको छ । संक्रमितमध्य २ हजार ८ सय ३७ जना होम आइसोलेशनमा रहेका छन् । त्यस्तै १५७ जना आइसीयूमा रहेका छन् भने ३९ जना भेन्टिलेटरमा रहेका छन् ।