• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

नयाँबसपार्कमा ‘क्युआर कोर्ड’ मार्फत बस टिकटको भुक्तानी

  •  मेन समाचार संवाददाता
  • ४ माघ २०७७, आईतवार २०:३० प्रकाशित
    Advertisement
    Advertisement
    फाइल तस्बिर

    काठमाडाैं । गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘क्युआर कोर्ड’मार्फत बस टिकटको भुक्तानी गर्न सकिने व्यवस्थाको थालनी गरिएको छ । नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालि र लक्ष्मी बैंकबीच ‘क्युआर कोर्ड’ मार्फत भुक्तानी गर्न मिल्ने गरी आज सम्झौता गरिएको हो ।

    सम्झौतापत्रमा प्रालिका अध्यक्ष इन्जिनीयर दीपक कुँवर र बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरे। पछिल्लो समय नेपाल राष्ट्र बैंकले क्युआर कोर्डमार्फत हुने भुक्तानीलाई अभियानकै रुपमा अगाडि बढाइरहेको बेला नयाँबसपार्कमा पनि सो प्रणालीलाई अगाडि सारिएको हो ।

    अब नयाँबसपार्कबाट बसको टिकट खरीद गर्दा यात्रुले मोबाइल मनी, पर्सबाट क्युआर स्क्यान गरी ‘फोन पे’ नेटवर्कअन्तर्गत भुक्तानी गर्न सक्नेछन् ।

    बन्दाबन्दीको समयको सदुपयोग गर्दै विद्युतीय माध्यामको प्रयोगलाई अगाडि बढाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले ‘क्युआर कोर्ड’ मार्फत यात्रुलाई छिटो छरितोरुपमा भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएको हो ।

    प्रालिका अध्यक्ष कुँवरले महामारीको समयमा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्दा सबैलाई सहज हुने भएकाले यस प्रणालीलाई अगाडि सारेको बताए।

    काठमाडौँ महानगरपालिकाको २६ वडामा रहेको सो बसपार्कमा हाल दैनिक एक हजारदेखि एक हजार ५०० सार्वजनिक सवारी साधन ओहोरदोहोर गर्दै आएका छन् ।

    नयाँ बसपार्कबाट हाल देशभरका ५० भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएको प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले जानकारी दिए ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले लक्ष्मी बैंकले धेरै रकमको कारोबार हुने अस्पताल, सपिङ मल, इन्टरनेट सेवा प्रदायक संस्थामा सो सेवालाई सञ्चालन गर्दै आएको जानकारी दिए । कोरोना महामारीपछि क्युआर कोर्डमार्फत हुने भुक्तानीको प्रयोग बढ्दै गएको उनको भनाइ छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना
    विद्यालयमा आगलागी, एक करोडको क्षति
    मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      राष्ट्रपतिबाट जोशीको स्वास्थ्यलाभको कामना

    • २.
      विद्यालयमा आगलागी, एक करोडको क्षति

    • ३.
      मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

    • ४.
      पिएसएल खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

    • ५.
      कैलालीमा युवक मृत फेला, हत्याको आशंका

    • ६.
      झापामा पहिलो रबर उद्योग सञ्चालनको तयारी

    • ७.
      १७ वर्षकी किशोरीसँग विवाह गरेको अभियोगमा १९ वर्षीय बेहुला पक्राउ

    • १.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • २.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    • ३.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ४.
      संसद पुनस्थापनाः यी पाँच आधार जसले प्रधानमन्त्री ओलीको कदमलाई गलत सावित गर्‍याे !

    • ५.
      सर्वोच्चको फैसलापछि प्रचण्ड र माधवले मनाए खुशीयाली, एकअर्कालाई लड्डु खुवाए !

    • ६.
      रिहा भएका विप्लव नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालत परिसरबाटै पक्राउ

    • ७.
      संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि सेनाको स्पष्टोक्ति ‘सूक्ष्म आँकलनमा छौँ’

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.