• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

अटो रिक्सा चालकः कोही स्वदेशमै भविष्य खोज्दै, कोही विदेशिने तयारीमा

  •  मेन समाचार संवाददाता
  • ५ माघ २०७७, सोमबार ११:५० प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तस्बिर: गूगल

    कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेशिया पुगे । त्यहाँ पुग्दा दलालको फन्दामा परेका उनले सुरुमा महिनामा १८ हजारमा एक होटेलको काममा लाग्नुपर्‍यो ।

    नेपाल फर्किने पनि उनीसँग कुनै उपाय थिएन । विमानस्थलबाटै बलबहादुरको राहदानी दलालले आफ्नो हातमा लगिसकेको थियो । दुई वर्ष मलेशिया बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो ।

    पाउनसम्मको दुःख पाएर फर्किनुभएका बलबहादुर अहिले स्वदेशमै अटो रिक्सा चलाएर आफ्नो भविष्य देख्न थालेका छन् ।

    अहिले समूहबाट ऋण लिएर अटो रिक्सा चलाउन थाल्नुभएका टमट्टा विदेशमा गर्ने दुःख नेपालमा गर्नसके दोब्बर पैसा कमाउन सकिने अनुभव सुनाउँछन् । ‘मैले दुःख आँखा अगाडि देखिको छु । दश दिन लगाएर एक चट्टा गिट्टी कुटेर रु ८०० कमाएर घर गुजारा गरेको मलाई अहिले जस्तै लाग्छ’, बलबहादुरले भने, ‘अटो रिक्सा चलाउन थालेपछि मलाई पछाडि फर्केर हेर्नुपरेको छैन । यो काममा सन्तुष्ट हुँदा जे काम गरे पनि आफ्नै देशमा गर्नुपर्ने रहेछ भन्ने ज्ञान मलाई विदेशले सिकाएको छ ।’

    कोरोनाको जोखिमका कारण घटेको सर्वसाधारणको आवागमनले भने आफूले सोचे जति कमाइ गर्न नसकिरहेको उनले बताए ।

    टीकापुर नगरपालिका(१ वनगाउँका हरिराम चौधरीको सोच पनि कम्ती छैन । छ वर्षसम्म विदेशमा बसेका उनले अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटसहित अटो रिक्सा चलाउन थालेका छन् ।

    व्यवसायप्रति सन्तुष्ट भएका उनले भने, ‘अब विदेश जाने मेरो कुनै सोच छैन । जे गरे पनि आफ्नै देशमा गर्ने हो, हिजो अटो रिक्सामै राम्रो कमाइ थियो । आज छैन त भोलि त होला । अटो रिक्सानै मेरो व्यवसाय हो यसैलाई निरन्तरता दिन्छु ।’

    उनले छिट्टै सम्पन्न भइहाल्नु पर्छ भन्ने मानसिकताले काममा सफलता पाउन कठिन हुने गरेको बताए । ‘व्यवसाय गर्दा छिट्टै ठूलो आम्दानी होस् भन्ने मानसिकता हामीमा छ । यस्तो मानसिकताले हामीले गर्ने कामबाट सफलता प्राप्त गर्न सक्दैनौँ, हरिरामले भने, ‘अहिले कोरोनाले सबै क्षेत्रको अवस्था नाजुक छ । हामीले पनि धैर्य राखेर भोलिको आशामा व्यवसायलाई निरन्तरता दिनुपर्छ ।

    लम्कीचुहा नगरपालिका(७ का अर्जुन चौधरी पहिले काम गर्न पोखरा, काठमाडौंलगायतका सहरमा जाने गर्थे । कमाइ राम्रै भए पनि घर फर्किँदा भने रित्तै फर्किनुपर्ने बाध्यता उनले सुनाए ।

    एक वर्षदेखि अर्जुनले अटो रिक्सा चलाउँदै आएका छन् । संयुक्त परिवारमा बस्ने अर्जुनको थोरै कमाइले घरपरिवारमा गुजारा गर्न भने मुस्किल हुने गरेको छ ।

    घरमा एक्लो व्यक्तिको कमाइले घरपरिवारको गुजारा गर्न समस्या हुन थालेपछि विदेश जाने तयारीमा लागेको उनी बताउँछन् । कोरोना सङ्क्रमण फैलनुभन्दा पहिले स्वदेशमै केही गर्नुपर्छ भन्ने सपना देखेका अर्जुनलाई कोरोनाका कारण व्यवसायबाट सोचेअनुसार आम्दानी हुन नसकेपछि भने विदेशको तयारी गर्नुपर्ने बाध्यता आइलागेको हो ।

    ‘कोरोना सङ्क्रमण हुने जोखिमले व्यवसायमा नराम्रो असर पर्दा घर गुजारा पनि नहुने अवस्थामा आएको छ’, उनले भने, ‘व्यवसाय गर्दा भएको आम्दानीले गाडीको किस्ता, घरको गुजारा चलाउन मुस्किल भयो, अरु केही काम गरौँभन्दा पुँजीको समस्या छ, कोरोना सङ्क्रमण कम हुनासाथ विदेशको राहदानी लगाउने तयारी गरिरहेको छु ।’

    टीकापुर नगरपालिका(२ राजीपुरका मोहन ठकुल्ला पनि छ वर्ष विदेश बसेर स्वदेश फर्किएका छन् । विदेशमा पनि राम्रो कमाइ गरेका मोहनले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटका साथ अटो रिक्सा किके ।

    घरपरिवारको आन्तरिक समस्याका कारणले पनि उनले विदेशको सपना भुलिसकेका थिए । अटो रिक्सा किन्दा दैनिक एक हजार ५०० सम्म बचत हुन थालेपछि आफू विदेश गएर फसेको रहेछु भन्ने लागेको उनी बताउँछन् ।

    कोरोनाको जोखिमका कारण व्यवसायमा परेको असरले अटो रिक्सा चालक मारमा परेको अनुभव सुनाउँदै उनले भने, ‘कोरोनाले सबै व्यवसायको अवस्था नाजुक बनाएको छ । अहिले ग्राहकसँग पनि तोकिएको भाडा पाउन सकिने अवस्था छैन, जुन उमङ्ग पहिले थियो, त्यो रहेन । कतिपय मजदूरले फेरि विदेशको सपना देख्न थालेका छन ।’

    कोरोनाको जोखिमका कारण पछिल्ला महिनामा अटो रिक्सा चालकमा परेको असरले सोचेअनुसार आम्दानी हुन नसकेपछि टीकापुर, लम्की र आसपासका सडकमा रिक्सा चलाउने कतिपय मजदुर पुनः विदेशिने तयारी गरिरहँदा अन्य कतिपयले भने जे जस्तो अवस्था भए पनि अब आफ्नै देशमा काम गरेर जीविका चलाउने अठोटमा देखिन्छन् ।

    सडकको अवस्था जीर्ण भएकाले पनि रिक्सा चलाएर जीविका चलाउने मजदूरलाई सहजरूपमा व्यवसाय गर्न कठिनाइ देखिन्छ । ‘ठाउँठाउँमा बिग्रेको सडकको अवस्थामा सुधार नआउँदा सहजरूपमा व्यवसाय गर्न पनि समस्या भइरहेको छ”, अर्का अटो रिक्सा चालक जनक टमट्टाले भने, ‘ग्राभेल र खाल्टाखुल्टी परेको सडक भएकाले रिक्सा बिग्रने गर्छ, यात्रु पाइँदैन, पाए पनि सस्तोमा जान खोज्छन् ।’

    कैलाली जिल्लाको दक्षिण पूर्वी सहर टीकापुर नगरपालिका क्षेत्रमा १०० भन्दा बढी अटो रिक्सा चल्ने गरेका छन् ।

    सामान्य लेखपढ गरेका, दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएका युवाको स्वरोजगारको मुख्य स्रोत नै अटो रिक्सा व्यवसाय बन्दा कोरोनाको जोखिमले पुगेको असरले भने उनीहरूको आम्दानीमा असर पुगिरहेको छ । सबै रिक्सा चालकसँग लाइसेन्स ९चालक अनुमतिपत्र० समेत नहुँदा पनि बेलाबखत विभिन्न खालको हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ ।

    चालक अनुमतिपत्र बिना नै रिक्सा चलाएर हुनसक्ने कुनै दुर्घटनाबाट पुग्ने सम्पूर्ण क्षतिपूर्ति सम्बन्धित अटो चालकले नै व्यहोर्नुपर्ने बाध्यता आफूहरूको रहेको ती मजदूरको गुनासो छ ।

    लेखपढ गर्न नसक्ने यो व्यवसायमा लागेको अवस्थामा चालक अनुमतिपत्र लिँदा लिइने लिखित परीक्षा र ‘ट्रायल‘ परीक्षा लिँदा तोकिएको मापदण्ड पूरा गर्न नसक्दा लाइसेन्स पाउन आफूहरूका लागि फलामको च्युरा चपाउनुसरह बनेको गुनासो मजदुरको छ ।

    यसबाहेक रिक्सा कुन सडकमा चलाउन पाउने, कुनमा नपाउने भन्ने विषयमा रिक्सा चालकलाई रुट परमिट ९सडक इजाजत० उपलब्ध गराउने व्यवस्था नहुँदा पनि समस्या भइरहेको छ । उनीहरूको गुनासो छ, ‘बर्दिया जिल्लाबाट रुट परमिट पाएका आटो चालक कैलालीको लम्कीसम्म सहजरूपमा पुग्छन्, तर हामीलाई आफ्नै जिल्लामा रुट परमिट पाउन कठिन छ ।’रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु
    हत्याको २० दिनपछि अपराधी सार्वजनिक
    कम्युनिस्ट इतरको सरकार बनाउने प्रचण्ड–माधव समूहको प्रयास निरर्थक हुन्छः अर्थमन्त्री पौडेल
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      विप्लव नेकपामाथिको प्रतिवन्ध फुकुवा गर्ने मन्त्रिपरिषद्को निर्णय

    • २.
      कञ्चनपुरमा प्रहरी र भारतीय तस्करबीच भिडन्त, एक भारतीयको मृत्यु

    • ३.
      हत्याको २० दिनपछि अपराधी सार्वजनिक

    • ४.
      कम्युनिस्ट इतरको सरकार बनाउने प्रचण्ड–माधव समूहको प्रयास निरर्थक हुन्छः अर्थमन्त्री पौडेल

    • ५.
      काँग्रेसले नेकपाको प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्न सक्छः वरिष्ठ नेता पौडेल

    • ६.
      स्वीडेनमा शंकास्पद आतङ्कवादी आक्रमण, सात घाइते

    • ७.
      बम राखिएको हल्लापछि बिहीबार ताजमहल बन्द

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ३.
      सांगीतिक रियालिटी शो ‘द ब्याण्ड च्याम्पियन नेपाल’को घोषणा

    • ४.
      वायूसेवा निगमभित्र यौनकाण्ड, उच्च तहको कर्मचारीको दवाबमा मिलापत्र !

    • ५.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ६.
      फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

    • ७.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.