काठमाडौँ । प्रतिनिधि सभा विघटन विरुद्धको मुद्धामा बहस शुरु भएको छ । केहीबेर अघि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस शुरु भएको हो ।
संसद विघटनसम्बन्धी मुद्धामा आइतबार देखि औपचारिक बहस शुरु भएको हो । यसअघि मुद्धालाई संवैधानिक इजलासबाट सुनुवाई गर्ने कि बृहत् पूर्ण इजलासमार्फत गर्ने भन्ने बिषयमा बहस भएको थियो ।
बहसपश्चात मुद्धालाई संवैधानिक इजलासबाट नै सुनुवाई गर्ने आदेश भएको थियो ।
आदेशपश्चात आइतबार रिट निवेदकको तर्फबाट चार जना वरिष्ठ अधिवक्ताहरुले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यसँग प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबीच सवाल जवाफ समेत भएको थियो ।
सर्वोच्चले अब दैनिक रुपमा रिटमाथि बहस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । संसद विघटन असंवैधानिक भएको जिकीरसहित सर्वोच्चमा एक दर्जन बढी रिटहरु दायर भएका छन् ।