काठमाडौँ । नेपाल प्रहरीका अनुसार प्रत्येक दिन औसतमा १० बर्षमुनिका एक जना बालिकाहरु बलात्कारको सिकार बन्ने गरेका छन् । आर्थिक बर्ष २०७७÷०७८ को साउनदेखि मंसिरबीचको पाँच महिनामा मात्रै १० बर्षमुनिका १ सय ३४ बालिका र एक बालक बलात्कारको सिकार बनेको तथ्यांक छ ।
लुम्विनी प्रदेशमा मात्रै पछिल्लो पाँच महिनामा १० बर्ष उमेरमुनिका ३० बालिका बलात्कृत भएका छन् । यो तथ्यांक यो अवधिमा प्रदेश १ बाहेकका अन्य ५ प्रदेशको तुलनामा सबैभन्दा उच्च हो । यही अवधिमा लुम्बिनी प्रदेशमा ११ देखि १६ बर्ष उमेर समूहमा ५८ बालिका बलात्कृत भएका छन् ।
कान्तिपुर दैनिकमा जनकराज सापकोटा र रञ्जु पौडेलले खबर लेखेका छन् ।