पाेखरा । गण्डकीमा कोरोना भाइरसका संक्रमित १७ जना थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको मंगलबारको अपडेट अनुसार २ जिल्लामा १७ संक्रमित थपिएका हुन् ।
संक्रमितमध्ये १ पोखराको स्थानीय एफएम र पत्रिकाका पत्रकारसमेत छन् ।
पोखरा महानगरपालिकामा मात्रै ११ जनामा मंगलबार कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
तनहुँ भानु नगरपालिका वडा १ का ६ जनामा एकैपटक कोरोना भेटिएको छ ।
पोखरा १३ मा भेटिएका संक्रमित २ जना भारतबाट आएका हुन् । पोखरा २८ र २९ का भने कन्ट्रयाक्ट ट्रेसिङमार्फत पहिचान भएको हो ।
पोखरा ४ मा भेटिएका संक्रमित दुबै जना २७ वर्षीया पुरुष भएको निर्देशनालयले जनाएको छ ।
पोखरा १० की १ महिला भने दुबईबाट फर्किएकी थिइन् । पोखरामा भेटिएका अन्य सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १,९०८ पुगेको छ ।
निको हुनेको संख्या १,६३९ रहेको निर्देशनालयले जनाएको छ ।
कोरोनाबाट मृत्यु हुनेको संख्या गण्डकीमा ८ पुगेको रेकर्ड निर्देशनालयमा छ ।