काठमाडौँ । ललितपुरको लुभुमा एक दम्पत्ती मृत अवस्थामा भेटिएका छन् ।
स्थानीय रमेश खड्काको घरमा फ्ल्याट भाडामा लिएर बसेका सप्तरी, राजविराजका ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीका अनुसार कोठाभित्रबाट बन्द गरेको अवस्थामा दुवै जनाको शव भेटिएको थियो । नजिकै सल्फस नामक विषको बट्टा पनि बरामद भएकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीको छ ।
मृतक पोखरेल भेटेनरी सामानका सप्लायर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।