• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

  •  मेन समाचार संवाददाता
  • ६ माघ २०७७, मंगलवार १७:५२ प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा आज परीक्षण उडान गरेको छ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित एयरलाइन्सले आज पहिलोपटक माथिल्लो उचाइ गन्तव्यमा उडान गरेको हो ।

    परीक्षण उडान एच९ ९६ज्ढ ढट ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः१५ बजे (स्थानीय समय) मा प्रस्थान गरी ल्हासाको गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १०ः४६ बजे (स्थानीय समय) मा अवतरण भएको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ ।

    ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो । यहाँ विश्वभरबाट बर्सेनि उल्लेख्य सङ्ख्यामा पर्यटक घुम्न जान्छन् । आजको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू शुरु गर्ने कम्पनीको व्यावसायिक योजनाअनुरूप नै भएको जनाइएको छ ।

    एयरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दिले वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् र चालक दलले ल्हासास्थित गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा वैधता उडानका लागि तीन फरक फरक एप्रोचेज अपनाउनेछन् ।

    परीक्षण उडानका लागि एअरलाइन्सले सन् २०२० को मार्च महिनामै विशेषतः माथिल्लो उचाइका लागि उडान भर्न एच९ एजेकेज्ढ ब्व्प् नाममा दर्ता भएको नवीनतम् न्यारोबडी जहाज ए३१९–११५ब्घज्ञढ९ज्ञज्ञछ प्रयोगमा ल्याएको छ । एक सय २० इकोनोमी र ०८ बिजिनेस क्लास सिटको व्यवस्था भएको एयरक्राफ्टलाई माथिल्लो उचाइको उडान भर्नका लागि परिमार्जित गरिएको छ । यो जहाजले अधिकतम १४ हजार ५०० फिटसम्मको एअरोड्रम उचाइ भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

    एयरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले भने, “हिमालय टोली गत वर्षदेखि नै ल्हासा जस्तोे माथिल्लो उचाइको गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत थियो । आजको सफल परीक्षण उडानले सुरक्षा, टिम भावना र विजयी भावनाको हाम्रो प्रमुख मार्ग निर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको छ ।”

    सो अवसरमा एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले ल्हासा गोङ्गर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो र एक मात्र विदेशी एअरलाइन्स हुन पाउनु हिमालयका लागि वास्तवमै गर्वको विषय भएको बताए । उनले यस उडानले माथिल्लो उचाइका हवाई उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्दिष्ट गरेको मापदण्ड र आवश्यकताहरूको पालना सुनिश्चित गर्नाका साथै सीमापार सम्बन्ध सुदृढ पार्न पनि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    चिलिमे विद्युत् केन्द्रमा उत्पादन बन्द
    सु्नको मुल्यमा ५ सयको वृद्धी, प्रतितोला ८५ हजार ६००
    तोलामा ९०० ले घट्यो सुनको मूल्य
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण

    • २.
      अफगान सेना र तालिवान लडाकुबीच भिडण्त, ८ प्रहरी र ५ तालिवान लडाकुको मृत्यु

    • ३.
      ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १५ सयको मृत्यु

    • ४.
      टी २० क्रिकेटः अस्ट्रेलिया विरुद्धको शृंखला न्यूजील्यान्डले जित्यो

    • ५.
      संसदलाई पुनःक्रियाशील तुल्याउन योगदान गरेका सबैमा सभामुखको बधाई

    • ६.
      मान्छे बेल्जियममा, जग्गा अर्कैका नाममा

    • ७.
      धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !

    • १.
      विप्लव समूहले शान्तिपूर्ण राजनीति गर्ने,भोली विप्लव र प्रधानमन्त्रीले एउटै मञ्चबाट सम्बोधन गर्ने

    • २.
      धादिङ्गका सञ्चारकर्मी धमेन्द्र श्रेष्ठद्वारा आत्महत्या !

    • ३.
      लेटमिइन मिसेस ब्यूटी क्वीनको ताज रश्मिलाई

    • ४.
      युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्रै गर्छ-‘विप्लव’ (सम्बोधनको पूर्णपाठ र भिडियो सहित)

    • ५.
      भूमिगत राजनीतिको दुई बर्षपछि सार्वजनिक हुँदै नेत्रविक्रम चन्द ‘विप्लव’

    • ६.
      पोखरा प्रज्ञा प्रतिष्ठानका नवनियुक्त कुलपतिसहित सदस्यहरुले लिए सपथ

    • ७.
      सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.