• समाचार
  • समाज
  • राजनीति
  • मनोरञ्जन
  • प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थतन्त्र
  • भिडियो
×
☰
    • समाचार
    • समाज
    • राजनीति
    • मनोरञ्जन
    • प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • अर्थतन्त्र
    • भिडियो

ट्रेण्डिङ :

    सरकार काेराेना परीक्षण काेराेना अपडेट नेपाल सरकार स्वास्थ्य प्रहरी
Advertisement
Advertisement

बैदाम प्रहरीमा महिला इन्चार्ज : सुरक्षा चुनौती सम्हाल्दै

  •  मेन समाचार संवाददाता
  • ६ माघ २०७७, मंगलवार २२:३२ प्रकाशित
    Advertisement
    Advertisement
    तस्बिरः जमुना वर्षा शर्मा ।

    पाेखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदाममा पहिलोपल्ट इन्चार्जको जिम्मेवारी प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङले सम्हाल्ने अवसर पाएकी छन् ।

    केही दिनअघि मात्र जिम्मेवारी सम्हाल्नुभएका प्रमुख तामाङलाई पोखरामा क्रियाशील महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले कार्यकालको शुभकामनासहित पोखरामा स्वागत गरेको छ ।

    मञ्चका अध्यक्ष पार्वती पाण्डेले सुरक्षा चुनौती रहिरहने लेकसाडइको वडा प्रहरी कार्यालयमा पहिलोपल्ट महिला इन्चार्ज पाएको उल्लेख गर्दै यस क्षेत्रको शान्तिसुरक्षा र अमनचैनमा थप सुधार आउने विश्वास व्यक्त गरिन् ।

    “हामीले पहिलोपटक महिला इन्चार्ज पाएका छाैं, यो निकै खुशीको कुरा हो, महिला व्यवसायीले अब निर्धक्कका साथ आफ्नो कुरा राख्न सहज हुने विश्वास हामीले गरेका छौँ”, पाण्डेले भनिन्।

    इन्चार्ज तामाङले सुन्दर शहरमा सुन्दर मनहरुको स्वागतले आफूलाई थप हौसला मिलेको बताइन् । उनले भनिन्, “यो स्वागतले मलाई अझै बढी जिम्मेवार बनाएको छ । आफ्नो क्षेत्राधिकारभित्र रहेर शान्तिसुरक्षामा जोड दिँदै अपराध न्यूनीकरणका लागि पहल गर्नेछु ।”

    उनले आफू आएदेखि चोरीडकैती ‘केस’ अलि बढी आएको जनाउँदै सबै व्यवसायीलाई सिसी टिभी राख्नसमेत आग्रह गरिन् । उनले भने, “नेपाल प्रहरीले सीमित स्रोत र साधनबाट अपराध अनुसन्धानमा काम गरिरहेको छ, कतिपय घटनाहरुको अनुसन्धान निकै जटिल हुने गर्छ, सिसी टिभी राख्नुभयो भने अपराध अनुसन्धानमा सहयोग पुग्छ ।”

    उनले समाजलाई अपराधरहित बनाउन नागरिकको पनि साथ आवश्यक रहने बताइन् । “हामी बर्दीसहितका प्रहरी हौँ, नागरिक बर्दीविनाका प्रहरी हुन्, अपराधरहित समाजका लागि हामी सबैको हातेमालो आवश्यक छ ।”

    उनले पर्यटकीय क्षेत्रको जिम्मेवारीलाई आफूले अवसरसँगै चुनौतीका रूपमा लिएको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबमा नपरी नागरिकका लागि काम गर्ने बताइन् ।

    मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष उमा भण्डारी, सचिव ममता न्यौपानेलगायतले लेकसाइडका विभिन्न ठाउँमा हुने गरेका अवाञ्छित गतिविधिले व्यवसायीलाई असर गरेको जनाउँदै समाधानका लागि प्रहरी प्रशासनको सक्रियता बढाउन आग्रह गरिन् ।

    लेकसाइडमा राति ‘मोडिफाई’ गरेका मोटरसाइकलका आवाज र डान्स डिस्कोबारका ध्वनि प्रदूषणसँगै लागू औषध, मादक पदार्थ सेवन गरेर मध्यरातमा होहल्ला गर्ने र चोरीडकैतीसमेत बढ्दै गएकाले पर्यटकीय क्षेत्रको शान्तिसुरक्षा र पर्यटनमैत्री वातावरणका लागि प्रहरी प्रशासनले विशेष ध्यान दिनुपर्ने उनीहरुको भनाइ थियो । रासस

    Advertisement
    तपाईको प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु
    छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते
    पशुपतिनाथमा सुनको जलहरी तत्काल नराख्न सर्वोच्चको अन्तरिम आदेश
    डा. केसीले स्थगित गरे २० औँ अनशन
    Advertisement
    • भर्खरै
    • ट्रेन्डिङ
    • १.
      प्रचण्ड–माधव समूहका सांसदहरुलाई काठमाडौँ उपत्यका नछोड्न निर्देशन

    • २.
      छुट्टाछुट्टै सवारी दुर्घटनामा एकको मृत्यु, चार घाइते

    • ३.
      समृद्धिका लागि स्थिरता आवश्यक छः शेखर गोल्छा

    • ४.
      नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयोः सुरेन्द्र पाण्डे

    • ५.
      पशुपतिनाथमा सुनको जलहरी तत्काल नराख्न सर्वोच्चको अन्तरिम आदेश

    • ६.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ७.
      सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने प्रचण्ड–माधव पक्षको निष्कर्श

    • १.
      धादिङ्गको पाल्पा भञ्ज्याङ्गमा बस दुर्घटनाः ८ जना घाइते, एकको अवस्था गम्भिर !

    • २.
      भागरथी हत्याका आरोपित किशोरले बलात्कारपछि घाँटी थिचेर हत्या गरेको स्वीकारे

    • ३.
      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियूको प्रदर्शन

    • ४.
      ४ वर्षको प्रेम सम्बन्धपछि गायिका अन्जु पन्तले गरिन् विवाह

    • ५.
      राष्ट्रपतिद्वारा प्रदेश २ का प्रमुख तिलक परियार बर्खास्त !

    • ६.
      खगेन्द्र संग्रौला भन्छन्, ‘सर्वोच्चको फैसला सानो ओलीलाई राजगद्दीमा उकाल्नु हो’

    • ७.
      सर्वोच्चको ऐतिहासिक फैसलाः संसद पुनर्स्थापना, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश

    सम्पर्क

    मेन मिडिया प्रा.लि.
    MAIN MEDIA PVT.LTD.
    मध्यबानेश्वर, काठमाडौं

    सूचना विभाग दर्ता नम्बर:२०८८/०७७-७८

    ईमेल: mainsamachar@gmail.com
    वेब:
    www.mainsamachar.com

    विज्ञापनको लागि

    फोन: ९८५११८०२०२
    ईमेल: mainmedianepal@gmail.com

    सामाजिक सञ्जालमा हामी

    महत्वपूर्ण लिंकहरु

    हाम्रो टिम

    Chairman/Publisher
    Sanjok Basyal (Suraj)

    Editor
    Ishwar Devkota

    Sr.Correspondent

    Bishnu Bishwakarma

    Promoters : Binod Baniya, Vijay Bashyal, & Sushan Ghimire

    IT Head 

    Surya Paudel

    Photojournalist
    Bibek Bashyal/Balkrishna Bashyal

    © 2020 Main Samachar | All rights Reserved.
     Website By :  SutraTech.