काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिटलरी नाजीवादका नेपाली संस्करणको संज्ञा दिएका छन् ।
काठमाडौँमा आयोजित वृहत जनप्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले निर्वाचनपश्चात हिटलरले पनि निरंकुश शासन चलाएको र त्यसबाट त्यहाँका कैयौँ मानिसहरुले ज्यान गुमाउनुपरेको स्मरण गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सोही बाटोमा रहेको बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले षड्यन्त्रमार्फत संसद विघटन गरि संवैधानिक ‘कू’ गरेर देशलाई प्रतिक्रान्ति तर्फ लैजान लागेको आरोप लगाएका छन् । उनले केपी ओलीको सनकका कारण मुलुक अस्थिरतातर्फ धकेलिन नदिनका लागि आफुहरु सडकमा आएको समेत बताए ।
उनले पार्टीको आधिकारिकताको विषयमा पनि कुनै शंका नराख्नका लागि कार्यकर्तालाई अपिल गरेका छन् । बालुवाटारमा बसेका २÷४ जनाले पार्टीको ७० प्रतिशतलाई आधिकारिकताको विषयमा चूनौती दिन नसक्ने उनले बताए । उनले प्रधानमन्त्री केपी ओलीलाई आधिकारिक पार्टी को हो भनेर हेर्न सडकमा आउन समेत चुनौती दिए ।
नेता खनालले सर्वोच्च अदालत र निर्वाचन आयोगले पनि विधि र कानुनअनुसार नै निर्णय गर्नेमा आफुहरु विश्वस्त रहेको बताएका छन् । निर्वाचन आयोग र सर्वोच्च अदालत पुरानो हुकुमी शासनले बनाएको नभई जनताको संघर्षपछि स्थापित भएको कारण यसले निश्पक्ष रुपमा निर्णय गर्ने नेता नेपालले बताए ।